उदयपुरमा ९ बर्षिया बालिका र उनकी आमाको धारिलो हतियार प्रहार गरि बिभत्स हत्या गरिएको छ । उदयरपुर जिल्लाको त्रियुगा नागरपालिका–९ चौकीबारीमा गएराति ९ बर्षिया बालिका रचना चौधरी र उनकी ३२ बर्षिया आमा शान्ता चौधरीको हत्या भएको हो ।

मृतक शान्ताका पति बैदेशीक रोजगारीका शिलशिलामा बिदेशमा छन् । शुक्रबार राती हत्या हत्या भएको भएपनि शनिबार बिहानमात्रै चौधरीका छिमेकीले थाहा पाएर प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको थियो ।

हत्या गर्ने व्यक्ति अझै पत्ता नलागेकाले सुनसरीबाट तालीम प्राप्त कुकुर झिकाएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Comments

comments