रामेछापको मन्थलीबाट सोलुखुम्बुको लुक्लाका लागि उडेको सीता एयरको टुइनअटर विमानको पङ्खामा चरा छिरेपछि आकस्मिक अवतरण गरिएको छ । शनिबार बिहान १३ जना यात्रु सहित उडान भरेको विमानको पङ्खामा चरा छिरेको थाहा पाएपछि पाइलटले अवतरण गरेका हुन् ।

उडिरहेको सीता एयरको ‘९ एन–आई–इ’ बिमानको पंखामा चरा छिरेको थाहा पाएपछि पाईलटले विमान पुनः मन्थली एयरपोर्टमै सकुशल अवतरण गर्न सफल भएपछि ठुलो दुर्घटनाबाट यात्रुहरु बँचेका छन् ।

 

Comments

comments