अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दुईजना सहयोगी पक्राउ परेका छन् । राष्ट्रपति ट्रम्पका आर्थिक सहयोगीका रुपमा रहेका व्यापारीहरु लेभ पर्नास र इगोर फ्रुमन निर्वाचन अभियान र चन्दा संकलन सम्बन्धी प्रचलित कानुन उल्लंघन गरेको आरोपमा पक्राउ परेका हुन् ।

युक्रेनमा जन्मिएका पर्नास र बेलारुसमा जन्मिएका फ्रुमन प्रतिष्ठीत र धनि ब्यापारिका रुपमा चिनिन्छन् । उनीहरुले अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्पका लागि गैरकानुनीरुपमा विदेशी पैसा भित्र्याएको आरोप लगाइएको छ ।

ट्रम्पका वकिल रुडी गिलियानीको नियमित सम्पर्कमा रहँदै आएका उनिहरुलाई अष्ट्रियाको राजधानी भियना उड्नै लाग्दा भर्जिनियाको डुलेस अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको थियो ।

 

Comments

comments