तस्विर सौजन्य: प्रिन्स जर्ज काउन्टी प्रहरी

अमेरिकाको मेरिल्याण्डमा आफ्नी बिद्यार्थीलाई यौन उत्पीडन दिएको आरोपमा एक बिद्यालयका शिक्षक पक्राउ परेका छन् । आफु अध्यापन गराउने उच्च माध्यामिक बिद्यालयकी १७ बर्षिया बिद्यार्थीलाई यौन उत्पीडन गरेको आरोपमा बिद्यालयका शिक्षक तथा भलिवल प्रशिक्षक २९ बर्षिय थोमस बार्बर नामक शिक्षक पक्राउ परेका हुन् ।

एनबिसीवाशिंगटन डटकममा ट्रेसी विल्किंस तथा एन्ड्रीया स्वालेकले लेखेको समाचार अनुसार अमेरिकाको मेरिल्याण्ड राज्य स्थित एनापोलिस निवासी ब्लाडेनस्बर्गे बिद्यालयमा अध्यनरत ति बिद्यार्थीलाई शिक्षक बार्बरले २ पटक यौन दुर्ब्यबहार गरेका थिए ।

पिडित बिद्यार्थीले दिएको उजुरीका आधारमा ति शिक्षकलाई गत अक्टोबर १० का दिन पक्राउ गरिएको थियो । उनिमाथी यौन दुब्र्यवहारको आरोप लागेपछि सो बिद्यालयले ति शिक्षकलाई बर्खास्त गरेको बताईएको छ ।

Comments

comments