नेपाली राजनितीका शिखर पुरुष गणेशमान सिंहको जीवनीमा आधारित चलचित्र वीर गणेशमान अमेरिकामा प्रदर्शन हुने भएको छ । नेपालका बरिष्ठ राजनीतिज्ञ, प्रजातन्त्रको योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको कथामाथी बनेको वीर गणेशमान आउँदो नोभेम्बर १० तारिख देखि १७ तारिख सम्म अमेरिका का बिभिन्न शहरमा प्रदर्शनमा आउने भएको हो ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका अनुसार नेपाली राजनितीमा आदर्श नेतृत्वको छवि बनाएका गणेशमान सिंहको १०५औं जन्म जयन्तीको अवसर पारेर यो चलचित्र अमेरिकामा प्रदर्शन गर्न लागिएको हो ।

चलचित्र ‘वीर गणेशमान’नोभेम्बर १० तारिख आइतबारको दिन नेपाली जन सम्पर्क समिती न्युयोर्क च्याप्टरले न्यु योर्क सहरको  गुल्सन टेरेस हलमा प्रदर्शन गर्ने तयारी छ भने मेरिल्यान्ड र भर्जिनिया च्याप्टरले नोभेम्बरको १२ तारिख, नेजस फोर्ड वर्थ च्याप्टर डालासले नोभेम्बर १६ तारिख शनिवारको दिन टेक्ससको डलास सहरमा प्रदर्शन गर्ने तयारी गरेको छ ।

त्यस्तै नर्थ क्यालिफोर्निया च्याप्टरले नोभेम्बर १७ का दिन यो चलचित्र प्रदर्शन गर्ने छ । नेपाली राजनितीक ईतिहासका आदर्श राजनितिज्ञ तथा कुशल नेतृत्व क्षमता भएका गणेशमान सिंहबारे सबै नेपालीले जानकारी पाउनु पर्ने अधिकार पनि भएकाले यो चलचित्र प्रदर्शनमा ल्याउन लागिएको बताईएको छ । जन सम्पर्क समितीले चलचित्र वीर गणेशमान हेर्नका लागि आफुलाई पायक पर्ने स्थानमा उपस्थित हुन पनि नेपाली समुदायलाई अनुरोध गरेको छ ।

वि.सं. १९७२ साल कात्तिक २४ गते काठमाडौंको यट्खामा बुवा सुब्बा ज्ञानमान सिंह र आमा सुभद्रा कुमारीका जेठा छोराका रुपमा जन्मेका गणेशमान सिंह सम्पन्न परिवारका जेठा छोरा भएकाले उनको घरमा उनलाई हिरा जस्तै ठानेर हिराकाजी भनेर बोलाईन्थ्यो । टोल, छिमेकी र दौंतरीहरूबीच उनी दरबार स्कूलमा पाँच कक्षामा भर्ना हुनु अघिसम्म हीराकाजी कै नामले परिचित थिए। आफ्नो बाजे हरिमान र पिता ज्ञानमानको अल्पायुमा निधन भएकाले गणेशमानको लालन(पालन जेठा बाजे सरदार रत्नमानबाट भएको हो । सरदार रत्नमानको पदोन्नति हुँदै काजी र बडाकाजीसम्म भए। रत्नमान राणाकालको नामी भारदार हुनाले गणेशमान सिंहको बाल्यकाल र यौवन सम्पन्नता र ठाँटबाँठमा बितेको थियो ।
दरबार हाइस्कूलमा कक्षा ६ मा पढ्दा राणाका छोराछोरीलाई आदर नगरेका कारण वि.सं. १९८४ मा विद्यालयबाट निस्कासित गणेशमान बहिदारको पदमा सरकारी सेवामा प्रवेश गरे। राणाको दरबार अगाडि साइकल कुदाएका कारण पनि सिंहले सजाय भोग्नु परेका उनि आफ्नो स्वाभिमान गिराउन नचाहने प्रवृत्तिले बहिदारको सेवा त्याग गरी कोलकाता गए र सन् १९३९ मा प्रथम श्रेणीमा मेट्रिक ९एसएलसी० पास गरे। त्यसपछि कोलकाता कै विद्यासागर कलेजमा विज्ञान विषयमा आईएस्सीको अध्ययन सु्रु गर्दाताका बाट राजनीतिमा प्रवेश गरेका थिए ।

जनआन्दोलन पश्चात उनले राजा बीरेन्द्रको प्रधानमन्त्री बन्ने आग्रहलाई आश्विकार गरी आफ्ना मित्र कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाएका थिए ।

 

Comments

comments