गैर आवासिय नेपाली सघ (एनआरएनए)को यहि असोज २८ गते अर्थात अक्टोबर १५ बाट काठमाडौंमा सुरु हुने नबौं एनआरएनए अन्तराष्ट्रिय सम्मेलनका प्रतिनिधी र बैकल्पिक प्रतिनिधीहरुका लागि नाम दर्ता सम्बन्धी सुचना जारी गरेको छ । सम्मेलनमा सहभागी प्रतिनिधी र बैकल्पिक प्रतिनिधीका लागि अक्टोबर १४ अर्थात असोज २७ गते का दिन नाम दर्ताका लागि सुचना सार्वजनिक गरेको हो ।

सार्वजनिक सुचना अनुसार नबौं अन्तराष्ट्रिय सम्मेलनका प्रतिनिधीहरुले अक्टोबर १४ तारिकका दिन मध्यान्न १२ बजेसम्म नाम दर्ता गरि सक्नुपर्नेछ भने बैकल्पिक प्रतिनिधीहरुले सोहि दिन अपरान्ह १२ बजेबाट साँझ ७ बजे सम्ममा नाम दर्ता गरिसक्नु पर्नेछ ।

गैर आवासिय नेपाली संघको सचिवालयले सार्वजनिक गरेको सुचना अनुसार तोकिएको समय सिमाभित्र नाम दर्ता नगराउने प्रतिनिधी र वैकल्पीक प्रतिनिधीहरुले पुन नाम दर्ता गराउन पाउने छैनन् ।

 

Comments

comments