२ दिने नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिन्पिङ आज स्वदेश प्रस्थान गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा शनिवार नेपाल आएका जिन्पिङ आज आईतबार विशेष विमानबाट चिन प्रस्थान गरेका हुन् ।

नेपालको द्विदिवसीय राजकीय भ्रमणमा आएका जिन्पिङलाई राष्ट्रपति भण्डारीले आफ्ना चिनियाँ समकक्षी सीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरेकी हुन् । राष्टपति जिन्पिङको बिदाई समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिती रहेको थियो ।

त्यस्तै बिदाइका लागि विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री सहित मन्त्रिपरिषद्का सदस्य, उपसभामुख, प्रदेश नं ३ का मुख्यमन्त्री, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूत तथा यहाँस्थित चिनियाँ दूतावासका उच्चअधिकारीको उपस्थिति थियो ।

२३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपाल भ्रमण भएकाले उनको स्वागतमा राजधानी काठमाडौंलाई बिषेश रुपमा आकर्षक बनाउनुका साथै उनि यात्रा गरिरहेको सडकमा नेपाली संस्कती झल्कने बिभिन्न झाँकीहरु समेत प्रदर्शन गरिएको थियो ।

Comments

comments