US Khabar

हिमालय खबरकर्मी पत्रकार विटु केसीको ‘किन-किन’ गीत सार्वजनिक

- Admin | २ वर्ष पहिले प्रकाशित

हिमालय खबरकर्मी  पत्रकार  विटु केसीको ‘किन-किन’ गीत सार्वजनिक

कवि तथा पत्रकार विटु केसीको नयाँ गीत सार्वजनिम भएको छ । अनिल शाहीको संगीत तथा गायिका जिना रसाईलीको स्वरमा रहेको गीतकार केसीको ‘किन-किन’ बोलको गीत अनप्लग भिडियो सहित युटुव मार्फत सार्वजनिक भएको हो ।
बिसाल मानन्धरको संगीत संयोजन रहेको यो गीत गीतकार केसीको ‘आधा मन’ नामक गीति एल्वममा समाविष्ट गीत हो । प्रेम र प्रकृतीको संयोजनमा गहिरो अभिब्यक्ती प्रस्तुत गीतमाथी बनेको अनप्लग भिडियोलाई राजेन्द ढंगोलले छायांकन तथा सम्पादन गरेका हुन् ।
लामो समयदेखी अमेरिकाकाको टेक्ससमा रहेर पनि नेपाली साहित्य र पत्रकारिता क्षेत्रमा योगदान पुर्याउँदै आएकी बिटु केसी पछिल्ला बर्षहरुमा राम्रो गीतकारका रुपमा पनि परिचित छिन् । हिमालयन खबरको सम्पादक समुहमा कार्यरत केसी नेपाल अमेरिका पत्रकार संघ (नेजा)की पूर्व कोशाध्यक्ष समेत हुन् भने विभिन्न सामाजिक कार्यमा उनको प्रतक्ष्य र लेखकिय सक्रियता रहँदै आएको छ । ‘मायाको मात’ मुक्तक संग्रह समेत प्रकाशित केसीका यस अघी बत्ती निभेको शहर भो जिन्दगी, यि आँखाले, आधा मन स्वदेशमै, लगायतका गीतहरु सार्वजनिक भएका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!