मंगलबारबाट काठमाडौंमा सुरु हुने एनआरएनए आईसीसी निर्वाचनमा अमेरिकाज क्षेत्रको सह संयोजक पदमा आर सी. पोख्रेलले उमेद्वारी सार्वजनिक भएको छ । हाल अमेरिकाको टेक्ससमा रहँदै आएका पोख्रेल नवौं आईसीसी निर्वाचन (२०१९-०२१) का लागि अमेरिकाज क्षेत्रको सह संयोजक पदमा बलियो दावेदारी सहित चुनावी मैदानमा उत्रने भएका हुन् ।

अमेरिकामा सक्रिय सामाजिक छवि बनाएका पोख्रेल सन् सन् २००८ बाट एनआरएनएसंग जोडिएका हुन् , सन् २०१५ मा संस्थाको उपाध्यक्षमा निर्वाचित पोख्रेल एनआरएनए अमेरिका र एनआरएनए आइसिसी जोड्ने सेतुका रुपमा रहेर मातृभुमी नेपाललाई समृद्ध बनाउनने योजना सहित यस पटकको निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । पेसाले ब्यवसायी पोख्रेल टेक्सस क्षेत्रमा सालिन र सामाजिक हितमा हमेसा लागि परेका ब्यक्तीका रुपमा परिचित छन् ।

२००८ मा एनआरएनए अमेरिकाको सदस्य बनेका पोख्रेल सन् २०१५ मा संस्थाको उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । सानैबाट सामाजिक उत्तरदाहित्व र भातृत्व भाव महशुष गरेका पोख्रेलले सन् १९९८ मा टेक्ससको सक्रिय सामाजिक संस्था नेपाली समाज टेक्ससको साधारण सदस्यता लिएर अमेरिकामा समाजसेवाको यात्रा तय गरेका थिए । उसो त उनि अनौपचारिक रुपमा पनि नेपाली समुदायको गाह्रो अप्ठेरोमा सहयोगी भुमिकामा संधै देखिने गर्दछन् चाहे त्यो संस्थागत रुपमा होस् या ब्यक्तीग रुपमा नै किन नहोस् ।

साधारण सदस्य भएर प्रवेश गरेको नेपाली समाज टेक्ससले सन् २००७ मा उनलाई अध्यक्षको जिम्मेवारी सुम्पिएपछि उनका सामाजिक उत्तरदाहित्वको महशुष र नेपाली समुदायको समस्या र चुनौतीलाई अझ बढि निकट रहेर बुझ्ने मौका मिलेको थियो ।

दुई बर्षे अध्यक्ष पदको कार्यकालमा नेपाली समुदायमा निकै लोकप्रिय रहेका पोख्रेलले २००२ मा स्थापना भएको अमेरिकाको पहिलो लायन्स क्लब ड्यालस एभरेष्ट लायन्स क्लब आर सी पोख्रेलकै अगुवाईमा स्थापना भएको थियो जसमा सन् २००८ मा उनि अध्यक्ष रहेर संस्थाको नेतृत्व सम्हालेका थिए भने टेक्ससको डालसमा निमाणार्थ श्री पशुपतिनाथ बुद्ध मन्दिरको समेत उनि बोर्ड अफ ट्रष्टीका रुपमा रहेका छन् ।

Comments

comments