उत्तम केसीले ल्याए हास्य टेलिसिरियल ‘वार कि पार’

13

काठमाडौं : बरिष्ठ कलाकार उत्तम केसी हास्य टेलिसिरियल ‘वार कि पार’ लिएर दर्शकमाझ आएका छन् । उनले दशैंको कोसेली स्वरुप सन्देशमूलक हाँस्य टेलिसिरियल ‘वार कि पार’लाई चुँईचुँइ पारेर युट्युव मार्फत लिएर आएका हुन् ।

टेलिसिरियलमा डेरावाला र घरबेटीबीचको सम्बन्धका बिषय वस्तु समेटिएको छ । ‘वार कि पार’मा उत्तम के.सी. सुशिला निरौला, गीता नेपाल, मुकुन्द मैनाली, सविता गजमेर, उत्सव के.सी., दीपक रायमाझी, सुमितकुमार घिमिरे, पुरुषोत्तम खड्कालगायतका साथमा बालकलाकार उज्मा के.सी., साकुरा बास्तोला, एमी भट्टलगायतो अभिनय रहेको छ । दमन रुपाखेतीको प्रस्तुति रहेको यो टेलिसिरियल दुर्गा के.सी.को प्रस्तुति हो ।

Comments

comments