बिबेक चन्द ठकुरी\ असोज २६ काठमाडौं 

नेपाली राजनैतिक बृत्तमा निकै शक्तिशाली मानीने तथा पुरानो ऐतिहॉसीक बिरासत बोकेको पार्टी नेपाली कॉग्रेसको बार्षीक रुपमा हुने चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आईतबार सम्पन्न भएको छ ।

नेपाली कॉग्रेसको पार्टी कार्यलय सानेपा ललितपुरमा आयोजित उक्त कार्यक्रममा पार्टीका अधिकांस शिर्ष नेता तथा कार्यकर्ताहरुको पनी बाक्लो उपस्थिती थियो ।

पार्टी महाधिवेषण समिति सदस्यहरु लगायत पार्टीका सबै नेताहरु अथिती स्वागतका निम्ति प्रबेश द्वार देखिनै पार्टीको बरियताक्रम अनुसार लाईनबद्व रही स्वागत सत्कार गरेका थिए ।

चाईनाका राष्ट्रपतिको बिदाईका कारण केही समय ढिलो गरी पुगेका प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) र भुतपुर्ब प्रधानमन्त्री तथा नेकपाका बरिष्ट नेता माधव कुमार नेपालले उपस्थिती जनाई सुभकामना मन्तब्य दिएका थिए । सत्तामा आसिन केही मन्त्री तथा अन्य दलका नेता र कार्यकर्ताहरुको पनी बाक्लै उपस्थिती देखीन्थ्यो ।

बिहान ११:०० बजे बाट सुरु भएको कार्यक्रमलाई पार्टी सभापति सेर बहादुर देउबाले सभापतित्व गरेका थिए । पार्टीको जिल्ला स्तरिय जनजागरण अभियान नसकीएकोले केही नेताहरुको उपस्थिती हुन नसके पनी अधिकांस नेताहरु दशैको मौकामा उपत्यकामै रहेकाले बाक्लै उपस्थिती देखिन्थ्यो ।

Comments

comments