यो बर्षको मिस नेपाल युएसए २०१९ को ताज भर्जिनियाकी सुरभी खनालले जितेकी छन् । अक्टोबर १२ शनिबारका दिन नेब्रास्काको ओमाहा शहरको रेलेभेन्ट सेन्टरमा सम्पन्न ७ औ मिस नेपाल युएसएको उपाधी जीत्दै सुरभी मिस नेपाल युएसए २०१९ घोषित भएकी हुन् ।

मिस नेपाल यूएसए बनेकी सुरभीले फोटोजेनिक र ब्युटी विथआउट लिमिट उपाधि समेत प्राप्त गरेकी छिन् ।

मिस नेपाल युएसए २०१९ फस्ट रनरअफको ताज टेक्ससकी रिमा शर्माले जीतेकी छन् भने सेकेण्ड रनरअपको ताज सिकागोकी मेघा रौनियारले प्राप्त गरेकी छन् । मेघाले मिस ट्यालेन्टको उपाधि समेत हात पारेकी छन् ।

नेब्रास्का नेपाली समाजको आयोजनामा सम्पन्न यस प्रतियोगीतामा कोलोराडोकी जाप अधिकारी मिस क्याटवाक र न्यू योर्क कि सज्जा रावत मिस कनजेनिएल घोषित भएका छन् ।

यस पटकको मिस नेपाल युएसए २०१९ ले नेपाल भ्रमण बर्ष २०२० को प्रवर्द्धनलाई मुख्य लक्ष्य बनाएको बताईएको छ ।

 

Comments

comments