अमेरिकामा सडक दुर्घटनामा परि दुई नेपाली चेलीको मृत्यु भएको छ । कोलम्बरको मोर्स रोड चोकमा भएको कार दुर्घटनामा २४ बर्षिया अन्जु विश्वकर्मा र ४० बर्षिया कुमारी विश्वकर्माको मृत्यु भएको हो ।

शनिवार राती भएको सो सडक दुर्घटनामा परि मृतक अन्जु विश्वकर्माकी २२ बर्षिया बहिनी सृजना बिश्वकर्मा गम्भिर घाईते भएकी छन् । उनको माउन्ट कार्मेल इस्ट हस्पिटलमा उपचार भइरहेको छ ।

एक आपसमा दुईवटा कार ठक्कर खाँदा भएको यस दुर्घटनामा नेपाली युवतीहरुको टोयटा कारलाई ठक्कर दिएको अर्को कारकी १८ वर्षिया युवती कोबी स्टिलवेल पनि सामान्य घाईते भएकी छन् साथै प्रहरीका अनुसार यो दुर्घटनामा २ जना पैदल यात्री समेत घाईते भएका छन् ।

स्टिलवेलको कारसंग ठक्कर खाँदा भएको यस दुर्घटनामा परि अन्जु र कुमारीको घटनास्थलमा नै मृत्यु भएको हो ।

Comments

comments