भोलीबाट काठमाडौंमा सुरु हुने एनआरएनए अन्तराष्ट्रिय महाधिबेशनमा लागि महासचिव पदमा उमेद्वारी सार्वजनिक गरेका डा. केशव पौडेल उपाध्यक्ष पदमा चुनाव लड्ने भएका छन् । एनसीसी अमेरिकाका पूर्व अध्यक्ष डा. पौडेल महासचिव पद छोडेर कुल आचार्यको प्यानलबाट उपाध्यक्ष पदमा चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

एनआरएनए अमेरिकाकामा लगातार २ कार्यकालमा अध्यक्ष पद सम्हालेका डा. पौडेलको महासचिव पदको उमेद्वारी धेरै पहिले देखी चर्चामा थियो । तर विश्व सम्मेलनको अघिल्लो दिन उनले आफ्नो निर्णय बदलेर सोझैं उपाध्यक्ष पदको दावेदारका रुपमा आफुलाई उभ्याउने भएका छन् ।

डा. पौडेलले सबैको सल्लाह र सुझाव अनुरुप महासचिव पद छोडेर उपाध्यक्ष पदमा उमेद्वारी दिने भएपछि चुनावी माहौल अझैं तातेको छ । खाषगरी अमेरिकामा यो उमेद्वारीको चर्चा र चासो अझै बढि देखिन्छ । किनकी डा. पौडेल अमेरिकाबाट प्रतिनिधित्व गरेका उमेद्वार हुन् ।

तनहुँको सतिश्वारा गाविस ९ मा साधारण परिवारमा जन्मिएका पौडेल पेसाले चिकित्सक हुन् । पौडेलको परिवार हाल तनहुँको व्यास नगरपालिका वडा न ९ मा बस्दै आएका छन् । स्कुले जीवनबाट नै मेधावी बिद्यार्थीको छवि बनाएका पौडेलले २०४६ सालमा महेन्द्र मा.वि.तनहुँबाट एसएलसी पास गरेका हुन् ।

बिद्यार्थी राजनितीमा समेत सक्रिय उनि त्रिविवि चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वतन्त्र विद्यार्थी यूनियनको सभापती, फ्याकल्टी बोर्ड विद्यार्थी प्रतिनिधि, प्राविधिक विाद्यार्थी संघको अध्यक्ष तथा नेपाल विद्यार्थी संघको निर्वाचित केन्द्रिय सदस्य रहेका डा। पौडेल लामो समयदेखी अमेरिकाको न्यु मेक्सिको राज्य रहँदै आएका छन ।

आफ्नो पेसागत क्षेत्रमा समेत सामाजिक हितमा काम गरेका पौडेल सहितको टिमले अमेरिका नेपाल मेडिकल फाउण्डेसन कोल्याबे्रसनमा काम गरि रहेको छ भने नेपालमा गएको बिनासकारी भुकम्पका समय २४ जनाको स्वास्थ्य टोली अमेरिकाबाट लिएर गएर नेपालका दुर्गम ठाउँहरुमा काम गर्नुका साथै बिभिन्न हेल्थ सेन्टरहरुलाई सहयोग गर्ने बतावरण सृजना साथै डा संजिव उप्रेतीको नेतृत्वमा एनआरएनए अमेरिका मार्फत हेल्थ एण्ड वेल्थ फियर कमिटी भनेर समुदायलाई फाईदा हुने थुप्रै कामहरु मा उनको पूर्ण सक्रियता र अनुभब रहेको छ ।

एनआरएनए अमेरिकाको नेतृत्वका समय डा पौडेलले कार्यसमितिका पदाधिकारी, बोर्ड सदस्य लगायत सल्लाहकारहरू समेतको जिम्मेवारी बाँडफाँड गरी संस्थालाई व्यवस्थित तरिकाले संचालन गर्न क्यालेण्डर अफ अपरेशनको समेत शुरूआत गरेका थिए भने अमेरिकाबासी नेपालीलाई टिपीएस सुविधा दिलाउन वा त्यसको नविकरण गराउन चालिएको अभियान साथै नेपालको संविधानको प्रस्तावित ड्राफ्टको लागि नेपाली नागरिकताको निरन्तरताको माग सहितको सुझाव संकलन गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने काममा समेत उनको सक्रिय भुमिका रहेको थियो ।

आफ्नो कार्यकालमा देवघाट धाममा वृद्दाश्रम निर्माणको लागि रकम संकलन, भारतीय नाकाबन्दीको विरोधमा अमेरिकाका विभिन्न स्थानमा विरोध कार्यक्रमको आयोजना गर्ने कार्यको नेतृत्व र उक्त नाकाबन्दीको विरोधमा संयुक्त राष्ट्र संघको ध्यानाकर्षण गर्दै महासचिव बान्की मुनलाई ज्ञापन पत्र दिने कामको नेतृत्व गरेको पौडेलले ‘भिजन २०२० एण्ड बियोण्ड’ को उद्देश्य सहितको क्षेत्रीय सम्मेलन अमेरिकामा सम्पन्न गरी संकलित करिब रू एक करोड रकम नेपालमा एनआरएनए भवन निर्माणको लागि हस्तान्तरण गर्ने कार्यको सफल नेतृत्वको निर्वाह गरेका थिए ।

Comments

comments