भोलीबाट काठमाडौंमा सुरु हुने नवौं एनआरएनए विश्व सम्मेलनमा सहभागी प्रतिनिधी विच झडप भएको छ । भोली हुने निर्वाचनका लागि आज दर्ता गर्नुपर्ने प्रतिनिधी र वैकल्पिक प्रतिनिधीको नामदर्ताका बिषयमा मतभेद संगै काठमाण्डौं स्थित एनआरएनएको हेड अफिसमा झडप भएको बताईएको छ ।

यो झडप कांग्रेस निकट दुई खेमा बिचको झडप भएको बताईएको छ । झडपमा एकजना प्रतिनिधी बेहोस भएपछि उनलाई नर्भिक अस्पतालमा राखिएको छ । झडपकै समयमा उनि बेहोस भएकाले घाईते हुनसक्ने अनुमान गरिएको भएपनि उनी बेहोस हुनुको कारण झडप नभई अनिदो र दिनभरको दौडधुपका कारण देखीएको कमजोरीका कारण भएको बताईएको छ ।  यद्यपी यस झडपका बारेमा बिस्तृत जानकारी भने आउन बाँकी नै छ ।

एनआरएनए निकट ब्यक्तीबाट यस बिषयमा जानकारी लिन खोज्दा उनिहरुले भने सामान्य डिस्कस मात्र भएको बताएका छन् भने केहीले भने आफुहरुलाई जानकारी नभएको बताएका छन् ।

आज दिउँसो १२ बजेसम्म प्रतिनिधी र साँझ ७ बजे सम्म बैकल्पिक प्रतिनिधीको नाम दर्ताको समय सिमा तोकिएको थियो । हेड अफिसमा नाम दर्ताको बिषयमा भएको झडपबारे धेरै उमेद्वारलाई समेत पूर्ण जानकारी नरहेको पाईएको छ । किनकी धेरै उमेद्वार र प्रतिनिधी यतिबेला कुपण्डोल स्थित हिमालयन होटलमा साखिएको सन्ध्याकालिन भेटघाट र पार्टीमा छन् । हिमालयन होटलको पार्टी कोषाध्यक्ष पदका उमेद्वार महेश मान श्रेष्ठले दिएका हुन् । श्रेष्ठ जापानबाट प्रतिनिधित्व गरेका उमेद्वार हुन् ।

 

Comments

comments