एनआरएनएको ९औं विश्व सम्मेलन सुरु

10

काठमाडौं : गैरआवासीय नेपाली (एनआरएनए) हरुको नवौं विश्व सम्मेलन सुरु भएको छ । विभिन्न देशमा बसोबास गरिरहेका १५०० भन्दा बढी गैरआवासीय नेपाली तथा सरकार, नीजि क्षेत्र विकास साझेदार तथा सरोकारवाला सहभागी विश्व सम्मेलनको उद्‍घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छ्न् ।

उद्‍घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीलाई सरकारले महत्वपूर्ण विकास साझेदारको रुपमा आत्मसात गरेको बताए । उनले गैरआवासीय नेपालीको ज्ञान, सीप र पूजीमार्फत् नेपाललाई समृद्ध मुलुक बनाउन सम्वाहक बन्न आग्रह गरे ।

उनले एनआरएन समुदायको भावना अनुसार नागरिकतासम्बन्धी कानुन संशोधन गरिने तथा नेपालमा लगानीका लागि प्रोत्साहित गर्न सहुलियत प्रदान गरिने बताए। एनआरएनएको विश्व सम्मेलन तथा अधिवेशनले आगामी कार्यकाल २०७६/७८ का लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ।

Comments

comments