आजबाट काठमाडौंमा सुरु भएको नवौं गैर आवासिय नेपाली संघ एनआरएनएको महाधिबेसनमा महिला उपाध्यक्ष पदका लागि रविना थापाले उमेद्वारी दिएकी छन् । लामो समयदेखी एनआरएनए आवद्ध थापा कुल आचार्यको प्यानलबाट महिला उपाध्यक्ष पदमा आईसीसी निर्वाचनमा चुनाव लड्ने भएकी हुन् ।

पोखराकी स्थायी बासिन्दा रविना अमेरिकाको बाल्टिीमोरमा रहँदै आएकी सक्रिय सामाजिक छवि भएकी महिला हुन् । आफ्नो ब्यवसाय, परिवार र सामाजिक कार्यलाई एकसाथ निभाउँदै नेतृत्वदायि भुमिकामा सशक्त थापासंग बाल्टिमोर एसोसियसन अफ नेपलिज इन अमेरिका ९बाना०को सभापति, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको उपाध्यक्ष, कस्केली समाज,अमेरिकाको सल्लाहाकार, ‘वन च्यारिटी’ कमिटीकी उपसंयोजक लगायतका पदको जिम्मेवारी सम्हालिसकेकी रविना ०१७ (२०१९ को लागि एनआरएनए अमेरिकाकी अध्यक्ष पदकी प्रत्यासी समेत हुन् । साथै रबिना फाउन्डेशनकी संस्थापक उनि बाल्टिमोरमा रहेको लुम्बिनी रेष्टुरेन्टकी संचालक पनि हुन् ।

२ सन्तानकी आमा रविना थापा कुशल गृहणीको भुमिका सम्हालेर पनि समाजसेवामा निरन्तर लागेकी महिला हुन् । जसले जिम्मेवार संघ संस्थामा नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएकी छन् । यस पटकको आईसीसी निर्वाचनमा महिला उपाध्यक्षको पदमा उमेद्वारी दिएकी उनका समर्थक बाक्लो संख्यामा रहेकाले पनि उनको उमेद्वारी चर्चामा छ ।

जन्मथलो म्याग्दी र कर्म थलो कास्कि भएकी उनलाई म्याग्दी समाज र कास्केली समाजको समर्थन रहने देखिन्छ साथै जन सम्पर्क समितीको स्थापना समेत योगदान पुर्याएकी उनलाई कांग्रेस निकट मतदाताको पनि साथ रहने अनुमान गरिएको छ भने जापानलाई समेत लामो समय कर्मक्षेत्र बनाएकी उनका समर्थक जापानमा समेत रहेका छन् ।

Comments

comments