आजबाट (असोज २८) काठमाडौं सुरु भएको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को नवौं महाधिवेशनमा सचिव पदका लागि आरके (राजेन्द्र कुमार) शर्माले उमेद्वारी दिंदैछन् । बर्तमान मध्यपूर्व संयोजक शर्मा आसन्न निर्वाचन २०१९ ०२१ का लागि सचिव पदका लागि चुनावी प्रतिस्पर्धामा खडा भएका हुन् ।

लामो समयदेखी कतारमा रहँदै आएका शर्मा पेसाले ब्यवसायि हुन् । बैदेशिक रोजगारीका लागि बिदेशीका नेपालीको अवस्थालाई नजिकबाट नियालेका शर्मा कतार साथै खाडी मुलुक र प्रवासमा रहेका श्रमिकको मुद्धालाई पहिलो प्राथमिकतामा राखेर चुनावी मैदानमा उत्रिएका हुन् ।

एनआरएनए कतारको सल्लाहकार, आइसीसी सदस्य हुदै मध्यपूर्व संयोजकको कुशल नेत्तृत्व गरेका शर्मा आफ्नो कार्यकालमा नेपाली श्रमिकका समस्या समाधानमा लागि परेका समाजसेवी हुन् । प्रवासमा रहेका घरेलु महिला कामदारका समस्या, विदेशबाट नेपाल भित्रने रेमिट्यान्सको उचित सदुपयोग र लगानि, शुरक्षित र मर्यादित बैदेशिक रोजगार तथा श्रमिकका मुद्धा, एनआरएनमा सबैको समान र साझा स्वामित्व, भिजन २०२० एण्ड बियोण्डको लागु, बिज्ञ तथा सिपयुक्त नेपालीको पहिचान लगायतका संवेदनशिल बिषयमाथी प्रभावकारी समाधानको मार्ग प्रसस्त गर्ने उदेश्यका साथ सचिव पदमा उमेद्वारी दिएका शर्माका समर्थकसंख्या बाक्लो रहेको छ ।

 

 

Comments

comments