हिजो हुने भनिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं आईसीसी निर्वाचन स्थगित भएको छ । भोटिङ मेसिन बिग्रिएपछि आज बिहान १० बजे सम्मका लागि निर्वाचन स्थगीत भएको हो ।

काठमाडौं हयाज रिजेन्सीमा (२०१९-०२१) नयाँ नेतृत्व चयनका लागि बुधबार अबेर सुरु भएको मतदान प्राविधिक कारणले रोक्नुपरेपछि एनआरएनए निर्वाचन समितीले बुधबार राति ९ बजे सुचना जारी गरेर निर्वाचन सारिएको जानकारी दिएको थियो ।

सार्वजनिक सुचनामा निर्वाचन बिहिबार १० बजे सम्मलाई स्थगित गरिएको बताउँदै निर्वाचन समितीले यसबाट उमेद्वार र मतदातालाई पर्न गएको असुविधा प्रति क्षमा मागेको छ ।

मंगलबार बाट सुरु भएको अन्तराष्ट्रिय महाधिवेशनको बुधबार अपरान्ह तीन बजे मतदान प्रारम्भ गर्ने गरी निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको भएपनि भोटिङ मेसिन बिग्रिएपछि अन्यौलता देखिएको थियो । साँझ अवेर सम्म पनि भोटिङ मेसिन नबनेपछि निर्वाचन समितीले चुनाव स्थगित गरेको हो ।

 

Comments

comments