US Khabar

लोमान्थाङको यार्थुङ पर्वका अनुभूतिहरू

- Admin | ३ वर्ष पहिले प्रकाशित

लोमान्थाङको यार्थुङ पर्वका अनुभूतिहरू

राजेन्द्र मान डंगोल

 

सन् २०१७ अक्टोबरमा मुस्ताङ फोटोग्राफी टुरको सिलसिलामा आएका फोटोग्राफर एलेन अर्बट हेल (अमेरिकी नागरिक) ले न्याम्ग्याल गुम्बा पुगेपछि लोमान्थाङतर्फ क्यामरा सोझ्याउँदै मलाई भनेका थिए, “ राज ! आई रियल्ली लाइक दीस वाल सिटी ! आई वील डेफिनेट्ली कम् ब्याक ।”

हिमालपारिको एतिहाँसिक भूमी । माटोको पर्खाल भित्रको झुरूप्प परेको बस्ति । बस्तिसँगै जोडिएका पुराना गुम्बा र छोर्तेनहरू । ३८४० मिटरको उचाइमा रहेको लोमान्थाङलाई ४१०० मिटरको न्याम्ग्याल गुम्बाबाट हेर्दा यती सुन्दर देखिन्थ्यो कि मानौ, लोमान्थाङ स्वर्गको एउटा टुक्रा नै हो । बिश्वका दश उत्कृष्ट गन्तब्यहरूमध्ये तेस्रो नम्वरमा त्यत्तिकै परेको थिएन उपल्लो मुस्ताङ । सायद त्यसैले होला लोमान्थाङप्रति उनी मोहित भएको । धेरै कोणहरूबाट ‘स्न्याप शट’ लिइसकेपछि पनि उनले स्वर्णिम प्राकृतिक सौन्दर्य भित्रको लोमान्थाङ र त्यो भन्दा परका मोहक दृश्यहरूलाई निकैबेरसम्म एकहोरो हेरि नै रहे ।

उपल्लो मुस्ताङभर घुमुन्जेल स्थानीयहरूको तस्बिर आफ्नो क्यमरामा कैद गर्दै उनी मलाई भन्ने गर्थे, “आई वील ह्याभ टु गीभ इट टु देम् इन माई नेक्स भिजिट ।”

यात्राको दौरानमा हामी बिच सुमधर सम्बन्ध स्थापित भैसकेको थियो । मुस्ताङको बारेमा आफुलाई जानकारीमा भएसम्मको सबै कुराहरू उनलाई बताएको थिएँ । एलेनको ब्यत्तित्व र मिजासिलो बोलि वचनले म उनीसित निकै प्रभावित थिएँ । उनी चाहन्थे कि अर्को भ्रमणमा पनि मैले उनको साथ देओेस् भनेर । त्यसैले उनले मलाई भने, “यु सुड गीभ मी योर टाइम् !”

यसअघि चारपटक माथिल्लो मुस्ताङ पुगिसकेको भए पनि यहाँको प्राकृतिक संरचना र राजधानी लोमान्थाङको भर्जिनिटी हेरेर मलाई धित मरेको थिएन । घमी, लोमान्थाङ, छोस्यार र ठिङ्रीको माया मुटुभित्रै घोलिइरहेको थियो । सडक विकासले मेटिन लागेको पदयात्राका मार्गहरू खोज्दै हिँड्दा माथिल्लो मुस्ताङको मप्रतिको माया पनि उत्तिकै पाउथेँ । आफ्नो मनले कोरेका बाटाहरूमा पाइला विचरण गर्न र फेरीपनि न्याम्ग्याल गुम्बाबाट क्षितिज हेरेर रमाउने इच्छा जागृत भइरहेको थियो । र, एलेनजस्तो ‘प्लीजेन्ट जेन्टलमेन’लाई साथ दिन पाउनु पनि खुशीकै कुरा थियो ।

त्यसैले पनि मैले पनि उनलाई बचन दिई हालेँ, “स्योर ! आई एम् सोल्ड ।”

उनी मसित प्रसन्न भए ।

समय आफ्नै रफ्तारमा बित्दै थियो । पहिलो पटक नेपाल आएर फर्केको बर्षदिन नबित्दै उनी आफ्नी श्रीमती डुवान वईका साथ ९ अगस्ट २०१८ मा नै काठमाडौँ उत्रिए । अगस्ट महिनाको १५, १६ र १७ मा लोमान्थाङमा सम्पन्न हुने यार्तुङ फेस्टिवल हेर्ने उनको मुल उद्देश्य थियो । लोमान्थाङको यो सांस्कृतिक पर्व हेर्ने अवसर मलाई जुरेको थिएन । त्यसैले म आफै पनि त्यत्ति नै उत्साहित थिएँ जति एलेन दम्पति थिए । एकअर्काको साथ पाउँदा हामी हौसिएको थियौँ ।

“कहिले वारि कहिले पारि कालीगण्डकीको तिर, छम्छम् छम्छम् नाच्छे एउटी उसको मनमा छैन पिर” बोलको गीतझैँे हामी कालीगन्डकीको वारि र पारि गर्दै, समारको भङ्गालाहरू पारगर्दै, बर्षातको पानीले भिजेको भीरैभीरको हिलेसडकमा जीपको चक्कामा ज्यानको बाजी थाप्दै उल्लासित मन लिएर लाग्यौँ लोमान्थाङ । जोमसोमबाट हिँडेर पाँच दिन लाग्ने लोमान्थाङ जीपले एकै दिनमा पनि पु¥याइदिन्छ । तर, अल्टिच्युड सिकनेसबाट जोगिन हामी घमीमा बास बसेका थियौँ ।

अगस्ट १५ तारेख अर्थात् यार्तुङ पर्वको पहिलो दिन  
मध्यान्नअघि नै हामी लोमान्थाङको टासी दिलेक होटलमा पुगिसकेका थियौँ । इतिहाँसलाई चुनौती दिँदै लोमान्थाङको शीरमा अवस्थित खेचेजोङको खण्डहरले हामीलाई देखिसकेको थियो । लोमान्थाङ बिगतमाझैँ शान्त थियोे त्यो दिन पनि । मैले काठमाडौँको धुलो, धुवाँ र कोलाहललाई पहिले नै बिर्सिसकेको थिएँ । हिउँदमा तुजुक देखाउने बतासको वेग घटेर मधुर झोक्कामा सिमित थियो । लोमान्थाङमा टाँगिएका रङ्गीचङ्गी लुङ्दरहरू हावाको यही मधुर लयसँगै नाचिरहेका थिए । र, लुङ्दरको फर्फराहटसँगै मेरो मन पनि नाच्न थाल्यो । ‘ड्रीम डष्टिनेशन’मा आइपुग्दा एलेन दम्पतिको मन उत्साह र उमङ्गले भरिएको थियो । हाम्रा पुनरागमनले हर्षविभोर भएझैँ लाग्थ्यो सिङ्गो लोमान्थाङ । हाम्रा आकृतिको इन्द्रेणी कोेर्दै थियो लोमान्थाङ माथिको निलो च्यादर फैलिएको अनन्त आकास ।

डुवानको गालामा म्वाँइ खादै एलेनले भने, “ हनी ! दीस वाज द प्लेस ह्वेयर आई स्टेड लाष्ट इयर ।”

लन्च गरेपछि सिन्डकेटको जीपले थकाएको हाम्रो शरिरलाई केहीबेर टासी दिलेक होटलमा विराम दिएर दिउसोको १.३० बजेतिर जात्रा सुरूहुने ठाउँ (राजाको दरबार) तर्फ लाग्यौँ । एलेनले पहिलेजस्तै गलामा निकोन डि८१० डिएस्एल्आर् क्यामरा भिरेका थिए । र, उनको हातमा थियो, गत साल यहीँ आउदा खिचेका फोटोहरूका झोला ।

हामी पुग्दा मानिस र घोडाहरूले खचाखच भैसकेको थियो राजाको दरवार बाहिरको चोक । पिठ्युँमा काँठी कसेका याल जगरले आकर्षक र फुर्तिला देखिने घोडाहरू आआफ्ना मालिकका आदेश कुरिरहेका थिए । कतिपयले आफ्नो घोडालाई सिँगारेर सकेसम्म राम्रो बनाउने प्रयास गरेका थिए । यार्तुङ मेला भर्न आएका उनीहरू राजाको प्रतिक्षामा थिए । बर्षमा हजारौँ बिदेशीहरूले लोमान्थाङ पुग्छन् र कम्तिमा पनि तिन दिन बिताउँछन् । तैपनि पश्चिमा संस्कृतिको बाछिटाले छोएको छैन लोमान्थाङलाई । पारम्परिक भेषभुषामा उपस्थित थिए स्थानीयहरू । पुरुषहरू खाम्से, साम्सेर र ढोचाको पहिरनमा थिए भने महिलाहरू बक्खु, होङजु, पाङ्देन, किटी र मुगाको मालामा सजिएका देखिन्थे । लोमान्थाङको अटल पहिचानसँग नेपाली सौन्दर्य सेरोफेरो चम्किएको अभास हुन्थ्यो ।

अघिल्लो साल आउँदा एलेनले तस्बिर खिचेका कतिपय मान्छेहरूलाई त्यहीँ चोकमा भेटे । र, भेटेका जतिलाई उनीहरूको तस्बिर देखाए । स्थानीयहरू अचम्म मान्थे आफ्नो तस्बिर देखेर । एलेनले उनीहरूलाई तस्बिर हातमा थमाउँदै फेरी उनीहरूको तस्बिर खिच्न खिचे । फोटाग्राफी गर्नु उनको सौख थियो, जसमा उनी अति नै रमाउँथे । जसजसको फोटो खिच्थे अनि खिचेको फोटो उनीहरूलाई देखाउँथे र त्यसैमा आनन्दानुभूति गर्थे । यति मात्र होइन, उनी स्थानीयहरूसित बातचित गर्न पनि रूचाउँथे । म एलेनले बोलेको अङ्ग्रजी भाषालाई अनुवाद गरेर स्थानीयहरूलाई उनले भन्नखोेको कुरा बताइदिन्थेँ ।

टासी देलेक होटलका सन्चालक पनि चोकमा आफ्नो घोडाका साथ त्यो भिडमा देखिए । अघिल्लो–अघिल्लो पटक आउँदा पनि उनकै होटलमा बस्ने गरेकोले म उनीसित पारिवारिक भैसकेको थिएँ ।

म उनको नजिक गएँ र सोधेँ, “दाइ, जात्रा कतिखेर सुरु हुन्छ त ?

उनले जवाफ फर्काए, “अब हुन्छ । राजा निस्केपछि । अहिले त पुजा गर्दै होला ।”

मैले उनीसित यार्तुङको अर्थ सोधेँ ।

यार्तुङको अर्थ बताउँदै उनले भने, “ ‘यार’को अर्थ बर्षा र ‘तो’ को अर्थ घोडा हुन्छ । यार्तो भन्दाभन्दै अपभ्रंस भएर यार्तुङ हुन गएको रे ।”

उनीसित मैले यो पर्वको औचित्य बारे पनि जिज्ञासा राखेँ ।

उनले भनेँ, “लोमान्थाङमा बर्षा ऋतुको अन्त्यसँगै तीन दिनसम्म हर्षोल्लासका साथ मनाइने यार्तुङ पर्व हाम्रो दोस्रो ठुलो पर्व हो । बाली लगाएपछिको थकान मेटाउन र रमाइलो गर्न यो पर्व मनाउने परम्परा युगौँदेखि रहिआएको छ । हिउँदेबाली नभित्र्याउन्जेल किसानहरूको फुर्सद नै हुन्छ । यो समयको सदुपयोग गर्न पनि हामी यार्तुङ पर्व मानउँछौँ । मलाई थाहा भएको यति नै हो ।”

यार्तुङ कसरी सुरु भयो भन्नेकुराको मिथक मैले उनीबाट पाउँन सकिँन । भूत, प्रेत र पिशाचले दुःख नदिऊन् भन्ने उद्देश्यले प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन काठमाडौँमा घोडेजात्रा मनाउने परम्परा रहेजस्तै यार्तुङको औचित्य पनि भूत, प्रेत र पिशाचलाई घोडाको टापले दबाएर राख्नका लागि होला भन्ने अनुमान गरेँ ।

“अनि तपाइँ पनि घोडा कुदाउने होइन त ? उनले मसित सोधे ।

“कस्को घोडा कुदाउनु र खै !” ठट्यौलो पारामा मैले भनेँ ।

उनले हाँस्दै आफ्नो घोडालाई देखाएर भने, “यो के त मेरो घोडा ! चढ्नुस् न । यार्तुङ भनेकै घोडा कुदाउने त हो । आएको बेलामा अनुभव गर्नुहोस् न ।”

उनको प्रस्ताव औपचारिकताको लागि मात्र थिएन । मेरो यात्रा सुखद र यादगार रहोस् भन्ने नै उनको अभिप्राय थियो । तर घोडा कुदाउनु आफैमा साहसिक काम हो । यसका लागि अभ्यास हुनु पर्छ । मसित अभ्यास थिएन । उनले कजाएर राखेको घोडा मनोरन्जनका लागि मलाई चढ्न आँट आएन । प्रस्तावको लागि मैले उनलाई धन्यवाद दिएँ ।

“तर घोडा नकुदाए पनि घोडा चढेको फेटो चाहिँ खिच्न मन छ ।” मैले उनलाई भनेँ ।

“ए ! हुन्छ नि ! म घोडा समाई दिन्छु, तपाईँ चढ्नुस् न ।” उनले भनेँ ।

उनी घोडा समाई दिन्छन् । म घोडा चढ्छु । र, उनले मेरो घोडा चढेँको फोटो खिचिदिन्छन् ।

परम्परा अनुसार दरबारको मुल ढोकाबाट राजा घोडा चढेर निस्केपछि मात्र त्यहाँका स्थानीयहरू राजालाई पच्छ्याउँने चलन रहेछ । केही बेरमै भित्रपट्टी चोकमा बाजा बज्न थाल्यो । र, त्योसँगै २०१८ सालको यार्थुङ पर्व विधिवत रूपबाट प्रारम्भ भयो । बाहिर भएकाहरू सबै आ–आफ्ना घोडा चढेर तयारी अवस्थामा बसे । सबैभन्दा अगाडि दरबारका पुजारी डुङ्गदार (राजाका देवताले लगाउने गहना) समातेर घोडामा सवार भए । डुङ्गदार पछाडि एकजनाले सिङ्गारिएको घोडा डो-याएर निस्के । जुन घोडालाई राजाको देउता सवार हुने घोडाको रूपमा लिइँदो रहेछ । त्यसपछिको सवारी थियो राजा र राजकुमारको । उनीहरू प्रशन्न मुद्रामा देखिन्थे । राजा र राजकुमारको घोडासँगै लस्कर लागे सर्वसाधारणका घोडाका लस्कर टक्.. टक्..टक्.. टक्..गर्दै, धुलो उडाउँदै । र, घोडाको घाँटीमा बाधिएको जीङ्गल बेलबाट निस्कियो टिङ्ग्रिङ टिङ्ग्रिङको आवाज । केहीबेर अगाडिसम्मको सून्य लोमान्थाङ घोडाको घाँटीमा बाधिएको जिङ्गल बेलको आवाजले गुन्जायमान भयो ।

घोडचढीहरूको लस्कर अगाडि र मेला भर्न आएकाहरू पछाडि गर्दै चोक सामुन्नेको छोर्तेनलाई दाहिने पारेर भिड अगाडि बढ्छ लोमान्थाङकै शिरानको चोक (खोर्थाक चोक)तर्फ जहाँ, स्थानीय महिलाहरूले राजाका पुजारी, राजा, राजकुमार लगायतलाई उनीहरूकै भाषाका गीतले स्वागत गर्दछन् । एलेनका लागि फोटो लिने यो राम्रो अवसर थियो । उनले यो अवसरको भरपुर फाइदा उठाए । स्वागत पश्चात लोमान्थाङ नजिकैको छेमो चौरमा पुगेर घोडाको लस्कर रोकिन्छ ।

हामीलाई कौतुहल थियो । छेमो चौरमा पुगेपछि के हुन्छ त ! हामीलाई त्यो पनि हेर्नु थियो । त्यसैका लागि हामी त्यहाँसम्म पुेगेका थियौँ । त्यसैले हामी पनि उनीहरूसँगै पछि लागेर गयौँ ।

छेमो चौरमा पहिलेदेखि नै पालहरू टाँगिएको थियो । घोडाबाट ओर्लेपछि राजा र राजकुमार एउटा पालमा प्रवेश गरे । त्यस्तै लोमान्थाङ भित्रका छुट्टाछुट्टै समाजका मान्छेरू आआफ्नै पालतर्फ लागे ।

पृष्टभूमीमा युगौँदेखि ठडिएका खेचे लागयतका नाङ्गा थुम्काथुम्कीहरू । हल्काफुल्का बादल खेलिरहेको आकास । सिरिर्रर बतासमा बयली खेलीरहेको फापरका बाली । छेमो चौरमा भैरहेको मानिसहरूको चहलपहल । हिमालयन डेजर्टको तातो रापमा पर्वतीय वासन्ती वायुको चिसो स्पर्शले रोमाञ्चित भैरहेको थिएँ म । सबैको ओठमा उत्तिकै खुशी छल्किरहेको देखिन्छ । कतै लाउडस्पीकर घन्किरहेको छ । कतै उनीहरू आफैले गाएका गीत गुन्जिरहेको छ । जता हे¥यो त्यतै रमाइलो नै रमाइलो । यस्तो लाग्थ्यो कि प्रकृति पनि मानिसहरूको रमाइलोमा रमाइरहेको छ । लोमान्थाङ ठाउँ उही हो तर यो पटकको यात्रामा मैले नयाँ स्वाद भेटिरहेको थिएँ । मेरो सादा जीवनका पाना मनोरन्जनका रङहरूले भरिए ।

छेमो चौरमा केही विदेशी र केही आन्तरिक पर्यटकहरूपनि पनि पुगेका थिए । हामी सबैभन्दा पहिला राजाको पालमा पुग्यौँ । राजकुमारसँगै उनी कुर्सीमा बिराजमान थिए । उनका अगाडि टेबलको ढक्कीमा खाप्से (सोलमार), बिस्कुट, खादाले बेरिएको थाम्बेमा छ्याङ र आयातित रक्सीको बोत्तल थियो । त्यहाँ पुगेका सबैलाई उनी खाप्से वा बिस्कुटले स्वागत गर्थे ।

मैले एलेनलाई राजा जिग्मेसित परिचय गराइ दिएँ । अघिल्लो पटक आउँदा राजा लोमान्थाङमा नभएकोले उनले भेट्न पाएका थिएनन् । त्यतिखेर राजा लोमान्थाङमा नभएपनि लोमान्थाङ जानुअघि मैले उनीसित फोन सम्पर्क गरेको थिएँ । हाम्रालागि उनले आफ्नो प्यालेस होटलमा एक साँझ रात्रीभोजको प्रवन्ध मिलाएका थिए । एलेनले पूर्ब रानीसमेत सामेल भएको त्यो रात्रीभोजको स्मरण गरे ।

त्यहाँ पुगेका विदेशी र नेपालीहरू राजासित बसेर फोटो खिच्न लालायीत देखिन्थे । राजासित बसेर फोटो खिच्नु जोकोहीका लागि पनि गौरवकै कुरा होे । अरूको फोटो खिचेर रमाउने एलेन आफैपनि राजासित बसेर फोटो खिच्न चाहे । हामीले पालैपालो राजासित बसेको फोटो खिच्यौँ । राजा भनेको राजा नै हो । मुस्ताङको राजा र राजकुमासित फोटो खिच्दा मैले गर्भानुभूति गरेँ ।

छेमो चौरमा आआफ्नै किसिमले रमाइलो गर्ने चलन हुँदोरहेछ । सबैको क्याम्पमा खानेकोे ब्यवस्था पहिले नै भैसकेको हुँदो रहेछ । कुनैकुनै पालमा खानपान मात्र थियो भने कुनैकुनैमा नाचगान समेत थियो, पिक्निक जस्तै । हामी एकपछि अर्को गर्दै सबै पालमा पुगेर उनीहरूले गरिरहेको रमाइलो हे¥यौँ ।

हामीलाई देख्दा उनीहरू भन्थे, “आउनुस ! बस्नुस् । रमाइलो गरौँ ।”

उनीहरू हामीलाई चिया, बिस्कुट वा खाप्से अथवा यसको सट्टा छ्याङ लिन प्रस्ताव गर्थे । लोमान्थाङका मनहरूले पस्केको हार्दिकता र छर्केको सुन्दर भावनामा भाइचारा र एकताको गाथा झल्किन्थ्यो ।

उनीहरूले गर्नेे आतिथ्य सत्कारमा कुनै कसुर बाँकि थिएन । उनीहरू रमाइलो गर्दै बसेका । हामी त्यही रमाइलो हेर्न गएका । उनीहरूसितको रमाइलोमा केहीबेर सामेल भयौँ । मैले एलेन दम्पतिलाई पाहुनाहरूको स्वागत र सत्कार गर्ने नेपालीको सँस्कार र आतिथ्यताको बारेमा बताएँ ।

छेमो चौरमा टाँगिएको सबैभन्दा माथिल्लो पालमा ‘म्हेन्दोमाया’ गुन्जिरहेको सुनेँ । मलाई अचम्म लाग्यो । नुवाकोट, रसुवा र धादिङ जिल्लाका उच्च पहाडी तथा हिमाली भेगमा गुन्जिने म्हेन्दोमाया मुस्ताङमा पनि ! त्यो गुन्जनले मलाई त्यसैतर्फ तान्यो । मैले एलेन र डुवानलाई पनि त्यैतै डो¥याएँ । पुरुषहरू हातमा हात बाधेर, कम्मरमा कम्मर र कुममा कुम जोडेर, एक आपसमा खुट्टाको तालसागै सन्तुलन मिलाएर शरीरको अग्रभाग अगाडि झुकाउँदै अत्यन्तै मिठासपुर्ण तरिकाले छुस् ..छुस्…छुस्…को आवाज निकाल्दै स्याफ्रु नाच नाचिरहेका थिए । गीतकै माध्यमबाट आफ्ना भावनाहरू ब्यक्त गरी उपस्थित सबैलाई रमाईलो गराइरहेका थिए । उनीहरूले नाचेको देख्दा २००५ मा लाङटाङ जाँदा म आफैले पनि स्याफ्रु नाच नाचेको याद दिलायो ।

उनीहरूले सत्कार गरेको नुनचिया पिउँदै र स्याफ्रु नाच हे¥यौँ । मैले एलेनलाई म्हेन्दोमाया नाचको बिशेषताको बारेमा बताउँदै भनेँ, “यो लयमा, प्रेम, र रसरङ्ग मात्र होइन, वियोग र पिडाका जीवन्त अभिब्यक्तिहरू पनि हुन्छन् । खासगरि यो नाचमा एकातिर महिलाहरू र अर्कोतिर पुरुषहरू हुन्छन् । विशेषतः चिनो साट्ने, मायाप्रेम गाँस्ने तथा विवाह गर्ने सम्मको सर्त पनि राखिएको हुन्छ । गीतमा लामो दोहरी चल्छ । र, सवाल जवाफमा जो हार्छ उसले सर्तलाई सहर्ष स्वीकार गर्नु पर्ने पनि हुन्छ ।”

मेरो कुरा सुनेर अचम्भित हुँदै एलेनले एउटै शब्दमा प्रतिकृया ब्यक्त गरे, “अमेजिङ !”

स्याफ्रु नाच हेरून्जेल मेरो मनमा एउटै कुरा खेलिरहेको थियो – नेपालीहरूमा भातृप्रेमको बिजारोण गर्न, त्यसबाट अङ्कुरित हुने प्रेमलाई फुलाएर नेपालका गाउँ बस्तिहरूमा पर्यटनको सुवाश छर्न र, नेपालीहरू बिचमा हार्दिकताको विकास, विस्तार र सम्वन्ध नविकरण गर्नका लागि एउटा महत्वपूर्ण कडी हुनसक्छ यार्तुङ पर्व । जसले यार्तुङ पर्व र म्हेन्दोमाया संस्कृतिको संरक्षण\प्रबद्र्घन तथा म्हेन्दोमाया संगीतको परीधीलाई पनि ब्यापक बनाउन टेवा पु¥याउन सक्दछ ।

हाम्रो गिलाँसमा भएको थिया नसकिँदै एकजना दिदीले हामीलाई नुन चिया थप्न आइन् । उनको न्यानो आतिथ्यतालाई अस्वीकार गर्न सकिएन । उनले ल्पास्टिकको कपमा चिया भरिदिइन् ।

यही बेला मैले उनलाई सोधेँ, “दिदी ! घोडा कुदाउने चाहिँ कहिले हो नी ?”

“अब यहाँ भएका सबैजना साँढेपाँच बजेतिर घोडा लिएर खोर्थाक चोकमै फर्कन्छन् । र, त्यसपछि घोडादौड हुन्छ ।”

पौने पाँच भैसकेको थियो । उनले थपिदिएको नुनचिया पिएपछि हामी चोकतर्फ लाग्यौँ । घोडादौड हेर्नका लागि चोकमा मान्छेहरूको भिड लागिसकेको थियो । हामीले पनि आफ्नो स्थान सुरक्षित ग¥यौँ । केहीबेरमै राजा, राजकुमार लगायत सबै छेमो चौरबाट फर्के । राजा, राजकुमार र राजाका पुरोहित र विशिष्ट ब्यक्तिहरूका लागि निमार्णाधिन घरको छतमा बसेर घोडादौड हेर्न कुर्सीको ब्यवस्था गरिएको थियो । त्यसपछि घोडादौड सुरू भयो । लोमान्थाङ फेरी एकपटक घोडाका आवाज र जिङ्गल बेलका टिङ्ग्रिङ टिङ्ग्रिङले गुन्जायमान भयो । घोडा कुदाउँदा उडेको धुलोले दर्शकहरू छोपिए । धुलोको प्रवाह नगरी घोडादौड हे¥यौँ । एकपटकमा ४–५ जना सवारहरू हातमा लगाम समात्दै आपूmले कज्याएर राखेका घोडा निकाल्थे र चोकबाट शहरको पुछारसम्म कुदाएर फकन्र्थे ।

मानिस र घोडाबीच सुमधुर सम्बन्ध छ । जीवनशैलीमा सहजता ल्याउन प्राचीनकालदेखि नै मानिसहरूले घोडाको प्रयोग गर्थे । मानव सभ्यता र इतिहासको निर्माणमा घोडाले ठूलै समर्पण गरेको छ । आजको एककाइसौँ सताब्दीमा पनि घोडाको सामाजिक र धार्मिक महत्व उत्तिकै छ । यदी घोडा नहुँदो हो त हाम्रो परम्परा र सँस्कृतिको निरन्तरता पनि हुने थिएन । घोडादौड हेर्दैगर्दा मलाई राष्ट्रकवि माधव घिमिरेले घोडालाई प्रतिक बनाएर सिर्जना गरेको कविताँस पनि याद आउँछ–

“हाम्रा घोडा दगुर्लान् कटकटकटका टापले कट्कटाई,
हाम्रा जोडा दगुर्लान् चमचम खुकुरी हातले चम्चमाई ।”

सवारहरू तिब्रगतीमा घोडा दौडएर जति मज्जा लिइरहेको अनुभूति गर्थे, त्यति नै आनन्दानुभूति दर्शकहरूले पनि गरिरहेको हुन्थे । कोही घोडा कुदाउने क्रममा लड्थे । कोही घोडा कुदेन भनेर घोडालाई पिट्थे पनि । घोडाले कुद्न अनिच्छा देखाउँदा पनि बालहठ छाड्दैन थिए । हेर्न लायक नै थिए ति सबै दृश्यहरू । उनीहरू पुरस्कार प्राप्त गर्नका लागि प्रतिस्पर्धा गरिरहेका थिएनन् । उनीहरूले त केवल सँस्कृति र परम्परालाई निरन्तरता दिइरहेका थिए । त्यो दिन घामले धर्तिमा पहेँलो प्रकाश नपोखुन्जेल खोर्थाक चोकमा घोडाका टाप कट्कटाई रह्यो ।

अश्वदौडमा महिलाहरूको सहभागिता ।

यार्तुङ पर्वको दोस्रोदिन महिलाहरूका लागि रहेछ । दिउँसोको साँढे एक बज्दा अघिल्लो दिनजस्तै स्थानीयहरू दरबार अगाडि जम्मा भैसकेका थिए । लोमान्थाङ आज पनि यार्तुङमय भैसकेको थियो । अघिल्लो दिनजस्तै दरबारबाट पुजारी र सिङ्गारिएको घोडा पछि राजा निस्किए । आजको यार्तुङ महिलाहरूका लागि भएकोले रानी पनि राजा पछाडि अको घोडामा सवार थिइन् । यार्तुृङको निरन्तरता भयो । राजा र रानी पछि महिलाहरू घोडामा सवार भए । महिलाहरूको सक्रिय सहभागिताले यार्तुृङको रौनक अझै बढेको भान हुन्थ्यो । घोडाको घाँटीमा बाँधिएको घन्टीको आवाजले दास्रो दिन पनि लोमान्थाङ गुन्जियो । खोर्थाक चोकमा उनीहरूको स्वागत भयो र लस्कर छेमो चौरमा पुगेर रोकियो ।

आकास अघिल्लो दिनजस्तै खुल्ला थियो । छेमो चौरमा अघिल्लो दिनजस्तै भोज भयो । रमाइलो भयो । उनीहरूको रमाइलोमा पुरुषहरूले साथ दिइरहेका थिए । र, अघिल्लो दिनजस्तै साँढे पाँचबजे खोर्थाक चोकमा फर्केपछि घाम नडुन्जेलसम्म घोडादौड भयो । अघिल्लो दिन पुरुषहरूलेजस्तै महिलाहरूले पनि घोडा कुदाए । पुरुषहरूमाजस्तै महिलामरूमा पनि यार्तुङको उत्साह, उमङ्ग र जोश देखिन्थ्यो । खोर्थाक चोकमा फेरी घोडाका टाप कट्कटायो । यार्तुङ हेर्नेहरूले पनि भरपुर मनोरन्जन लिए ।

जात्राको तेस्रो तथा अन्तिम दिन ।
जात्राको तेस्रो तथा अन्तिम दिन विशेष अर्थको हुँदोरहेछ । गेरुवा बस्त्रको पहिरनका लामाहरू दरबार नजिकै रहेको गुम्बामा पूजाआजा गरेपछि घोडामा निस्किए । परम्पराको जन्जिरमा बाँधिएका उनीहरू बौद्घ धर्म, संस्कृति, परम्पराको प्रतिक र स्वयम्मा पनि एउटा परम्परा नै हुन् । यातुर्ङले पारिवारिक तथा सांसारिक जीवन पद्धतिबाट टाढा रहेका भिक्षुहरूलाई पनि समाजसितको सम्पर्कमा ल्याइदिँदो रहेछ । त्यो दिन उनीहरू गुम्बा भित्रको संसारबाट एकैछिनका लागि केही क्षणका लागि बाहिर निस्किएका थिए । लामाहरूले लगाएको बस्त्रले होला चोकमा पुग्दा लामाहरू मात्र छन् जस्तो लाग्थ्यो ।

सधैँझै राजा घोडामा सबैभन्दा अगाडि थिए । त्यसपछिका घोडाहरूमा कमिलाको ताँतिजस्तै लाग्ने लामाहरूको लस्कर थियो । चोकको स्वागत पछि त्यसैगरि उनीहरू पनि छेमो चौर पुगे । लामाहरूका गुरु थार्चेन खेन रिम्पुचेको पनि उपस्थिति थियो । उनी यार्तुङकै लागि भारतको देहरादुनबाट यार्तुङकै लागि लोमान्थाङ आएका रहेछन् । लोमान्थाङमै जन्मेका उनी लामा बन्ने क्रममा उनी देहरादुन पुगेका थिए । उनको उपस्थितिले यार्तुङको गरिमा बढेको थियो । छेमो चौरमा उनी बसेको पालमा पुग्यौँ हामी । उनीहरूको रमाइलोमा लामै समयसम्म सहभागी भयौँ । उनीहरूसँगै खोर्थाक चोक फक्यौँ । उनीहरूले पनि बेजोडले घोडा कुदाए । लोमान्थाङमा धुलो अघिल्ला दुई दिनजस्तै धुलो उड्यो । उज्यालोको विलुप्तिसँगै तेस्रो दिनको अश्वदौड सकियो । समग्रमा यार्तुङ सकियो । मानिसहरू आआफ्नै गन्तब्यतफै लागे । खोर्थाक चोक सून्य भयो ।

भब्यताकासाथ सम्पन्न भएको यार्तुङ हरेर एलेन दम्पतिले आफ्नो यात्राको लक्ष पुरा गरे । त्यो दिनसम्म एलेनले ८००० फोटो खिचिसकेका थिए । एलेन दम्पतिका लागि यो दिन सम्भवतः सबैभन्दा विशेष दिन थियो । उनीहरूले लामासँगै बसेर प्रार्थना गरेका थिए । र, केही गीत गाएर रमाइलो पनि गरेका थिए ।

होटलमा फर्केपछि साँझ उनले मलाई भनेँ, “ईट वाज मोर द्यान वी एक्सपेक्टेड ! थ्याङ्क यु फर कमिङ वीध अस् । वी आर् रियल्ली ह्याम्पी ।”

यो पर्वमा उनले राजाको सहभागितालाई निकै सकारात्मक रूपमा लिए । यो देखेर उनी निकै प्रभावित पनि भए । नेपालमा राजा रजौटा हटीसक्दा पनि मानिसहरूमा राजा प्रतिको सम्मान देख्दा उनी निकै अचम्भित भए ।

निकै जिज्ञासु भएर एलेनले मलाई प्रश्न गरे, “ईज ही द कोरोनेटेड किङ्ग एबोलिस्ड इन २००८ ?

उनको यो प्रश्नले अहिलेको ‘राजा’ भनिएको जिग्मेलाई नेपालमा रजौटा ऐन खारेज हुनु भन्दा अगाडिदेखिकै राजा हो भन्ने परेको रहेछ भन्ने बुझ्न मलाई कठिन थिएन ।

प्रत्युत्तरमा मैले भेनेँ, “नो ! द लाष्ट कोरोनेड किङ्ग अफ लो डाइड इन् २०१६ । टु मस्ट पिपुल इन् अपर मुस्ताङ, ही वाज स्टील कस्सिडर्ड टु बी द “किङ्ग” । द फर्मर किङ्ग्स सन इज नाउ कन्स्सिडर्ड बाई द पिपुल अफ लो टु बी द “किङ्ग” । एण्ड, हीज वाइफ कन्स्सिडर्ड टु बी द “क्वीन” । दे आर ट्रिटेड लाइक “रोयल्टी” एण्ड दे गेट ग्रेट डील अफ रेस्पेक्ट ।”

उनको एक्सप्रेशन थियो, “दियर इज द वे द्याट द थिङ्स आर सपोज्ड टु बी एड देन दियर इज द वे द्याट दे एक्च्युयल्ली आर ।”

उनले थपे, “इन्ट्रेष्टिङ ! ईट्स गुड द्याट ही लिभ्स इन् द पिपुल्स हर्ट ।”

यार्तुङको माहोलले लोमान्थाङमा तिन दिन बितेको पत्तै भएन । यार्तुङको तिनैदिन पुरुषहरूले मात्र घोडा दौडाउने चलन भएको भए सायद यसको त्यति महत्व हुँन्थेन होला । तर, पुरुष, महिला र लामाहरूले समेत कुदाउने भएकोले खास अर्थ र औचित्य राखेको छ । यतिमात्र होइन, लोमान्थाङमा राजा रानीले साथ दिने सँस्कारको सदियोैँदेखिको निरन्तरता छ । रजौटा ऐन नै नभएको बर्तमान यथास्थतिमा स्वर्गिय राजा जिग्मेपलवर विष्टका पिढीलाई राज्यले “रोयल्टी” मान्दैन । तैपनि यार्तुङ हेर्दा लाग्छ कि लोमान्थाङका मान्छेहरूको मुटुमा उनी बसेका छन् राजा भएर । यसबाट के स्पस्ट हुन्छ भने साँस्कृतिक मूल्य र मान्यता जोगाउन राजसँस्था अपरिहार्य छ ।

एलेन आफ्नी श्रीमती डुवानलाई छोस्यारको गुफा भित्रको गुम्बा र जोङकेभ र ठीङ्री गाउँ पनि देखाउन चाहन्थे । तर, अति नै टाइड सेड्युअल लिएर आएकाले उनले यो चाहनालाई थाँती राख्नु प¥यो ।

काठमाडौँ फर्केपछि उनले भने, “आइ वील कम् टु नेपाल एगेन ।”

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">

भर्खरै

error: Content is protected !!