अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास न्यूयोर्क च्याप्टरको अध्यक्षमा शकुन ज्ञवाली चयन भएकी छन् । ज्ञवालीको अध्यक्षतामा ७ सदस्यीय अनेसास न्यूयोर्क च्याप्टरको नयाँ सर्वसम्मतिमा कार्यसमिती (२०१९-०२१) चयन गरिएको हो ।

अनेसास नयाँ कार्यसमितीमा उपाध्यक्षमा शान्ता घिमिरे, महासचिवमा राजन महर्जन, सचिवमा मेनका पराजुली, कोषध्यक्षमा जानुका वस्ती, बोर्ड सदस्यमा सृजना लामा र शोभा गौतम रहेका छन् ।

नयाँ कार्यसमितिका पदाधिकारीलाई निबर्तमान अनेसास न्यूयोर्क चाप्टरका अध्यक्ष राजेन्द्र श्रेष्ठ सहितको टिमले बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिएका छन् ।

त्यस्तै अनेसास न्यूयोर्क च्याप्टरले हरेक बर्ष आयोजना गर्दै आएको लक्ष्मी जयन्ती तथा दिपावली साँझ यस बर्ष पनि आयोजना गर्ने भएको छ । च्याप्टरले नोभेम्वर ३ का दिन थकाली रेस्टुरेन्ट, ज्याक्सन हाइटमा दिउँसो १२:३० बजे १११औं देवकोटा जन्मजयन्ती तथा दिपावली कार्यक्रम आयोजना गर्ने भएको हो ।

 

 

 

Comments

comments