US Khabar

पूर्वगृहमन्त्री बादलका छोराविरूद्ध यसकारण जारी भयो पक्राउ पुर्जी

- USKHABAR | ३ हप्ता पहिले प्रकाशित

पूर्वगृहमन्त्री बादलका छोराविरूद्ध यसकारण जारी भयो पक्राउ पुर्जी

नक्कली शरणार्थी प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । प्रहरी स्रोतका अनुसार उनलाई आइतबार पुर्जी जारी भएको हो ।

प्रतीक पनि यसमा संलग्न रहेका प्रमाणहरु भेटेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । यसअघि प्रतिकले विज्ञप्ति जारी गरेर आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएका थिए ।

नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण प्रकाउ परिसकेका छन् । पूर्व गृहसचिव टेकनारायण पाण्डे, इन्द्रजित राई पनि हिरासतमा छन् । पक्राउ पुर्जी जारी भएका एमाले सचिव समेत रहेका तत्कालिन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र इन्द्रजित राईका छोरा निरज राई फरार छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!