रोजगारीको शिलशिलमा मलेसियामा कार्यरत दाङका एक पुरुषको मृत्यु भएको छ । दशैंको टीकाका दिन एक्कासी बेहोस भएपछि मलेशियामा उपचार गराईरहेका दाङका ४२ वर्षीय मोहन केसी ९कान्छो० को असोज २९ गते नेपाली समयअनुसार बेलुका ४:३० बजे मृत्यु भएको हो ।

दाङ जिल्लाको शान्तिनगर गाउँपालिका २ को बाघमारे भन्ने ठाउँका केसी मलेसियाको डीएचएल सप्लाई चैन कम्पनीमा ‘सेक्युरिटी गार्ड’ को रुपमा कार्यरत थिए । एक महिनाअघि मात्रै मलेसिया गएका उनि बेहोस भएपछि उपचारका लागि उनलाई मलेसियाकै एक अस्पतालमा लगिएको थियो ।

उपचारकै क्रममा मृत्यु भएका केसीको शव सोमबार नेपाल ल्याउने तयारी भएइरहेको छ ।

Comments

comments