दक्षिणी सुुडानमा आएको भीषण बाढीबाट कम्तीमा २ लाख नागरिक विस्थापित भएको त्यहाँका सुरक्षा अधिकारीहरूले जनाएका छन् । दक्षिणी सुडानका उत्तर–पूर्वी क्षेत्रमा अकस्मात् आएकोे बाढीमा परी ती नागरिक विस्थापित भएका हुन् ।

नाइल नदीको किनाराका नागरिक बढी प्रभावित भएको सुरक्षा अधिकारीले जानकारी दिएका छन् । उनीहरूमध्ये कतिपयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ भने अधिकांश आफैं सुरक्षित स्थानमा पुगेको एजेन्सीहरूले जनाएका छन् ।

त्यसैगरी, सुरक्षित स्थानतर्फ भाग्नेमा अधिकांश सुडानबाट आएका शरणार्थी रहेको बताइएको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी आयोगले शुक्रबार प्रकाशन गरेको विज्ञप्तिमा सुडानी शरणार्थीको शिविर नै बाढीको चपेटामा परेकाले उनीहरू त्यहाँबाट भाग्न बाध्य भएको बताइएको छ ।

विज्ञप्तिमा नदीको पानी बस्तीमा पसेको उल्लेख छ । बाटोघाटो बिग्रिएको छ भने शरणार्थीका छोराछोरी पढ्ने विद्यालय पनि पानीले भरिएको छ ।

बाढीले अन्य भौतिक संरचनाका साथै खानेपानी, बिजुली, अस्पतालजस्ता आधारभूत सुविधाको संरचना पनि भत्काइदिएको बताइएको छ । अस्पतालमा नै पानी पसेपछि नागरिकको स्वास्थ्य सुविधा अवरुद्ध भएको छ । यसकारण, घाइतेको उपचारको काम पनि हुन नसकेको बताइएको छ ।

इथियोपियाको सीमा क्षेत्रबाट आएको बाढीले यहाँका नदीको सतह बढ्न पुगेको छ । मौसम विज्ञानसम्बन्धी अधिकारीले अकस्मात् परेको पानीले धेरै क्षति पु¥याएको र अझै केही समय वर्षा नरोकिने बताएका छन् । सडान सन् २०१३ देखि द्वन्द्वको चपेटामा परिरहेको छ । युद्धका कारण विस्थापित भएका सुडानका ३ लाख शरणार्थी दक्षिणी सुडानमा बस्दै आएका छन् । त्यसैगरी, करिब १५ लाख नागरिक आन्तरिक रूपमा विस्थापित भएर शरणार्थीका रूपमा जीवन व्यतीत गर्दै आएको राष्ट्रसंघीय शरणार्थी आयोगले जानकारी दिएको छ । राजधानि दैनिकमा समाचार छ ।

Comments

comments