एघारौं संस्करणको नेफ्टा फिल्म अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ । आइतबार होटल सोल्टीमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथित्यतामा कार्यकम सम्पन्न भएको हो । आयोजित समारोहमा २५ बिधामा मनोनयन फिल्म तथा फिल्मकर्मीलाई प्रमाणपत्र प्रदान गरियो ।
उत्कृष्ट अभिनेतामा विपिन कार्की ‘फुलबारी’ बाट, दयाहाङ राई, ‘कबड्डी ४’, दीपकराज गिरी, ‘छक्का पन्जा ४’, अनमोल केसी, ‘ए मेरो हजुर ४’, प्रदीप खड्का, फिल्म ‘प्रकाश’, लाई मनोनयन गरिएको हो ।
फिल्मको सफलता र दर्शकको रोजाइलाई हेर्ने हो भने दयाहाङ राई पनि उत्कृष्ट अभिनेतामा पर्छन् । २०७९ सालमा प्रदर्शनमा आएका उनका फिल्म मध्ये ‘कबड्डी ४’, ‘के घर के डेरा’ र दुई नम्बरी’ यस बर्षका सफल फिल्म मान्ज्न सकिन्छ । त्यसैले पनि यस वर्षको उत्कृष्ट अभिनेता तर्फको नेफ्टा अवार्ड दयाहाङले नै पाउने चर्चा रहेको छ । त्यस्तै अब कुरा गरौं अर्का अभिनेता दिपकराज गिरी ,उनका धेरै फिल्म प्रदर्शनमा छैनन् तर एउटै फिल्म ‘छक्का पन्जा ४’ले उनी चर्चामा रहेका छन् । त्यस्तै अभिनेता विपिन कार्की पनि २०७९ सालको सफल अभिनेतामै गनिन्छन् । उनले अभिनय गरेका ‘के घर के डेरा’ र फुलबारी’ को व्यापार राम्रै देखियो । त्यस्तै युवापुस्तामाझ अत्याधिक रुचाइएका अभिनेता प्रदिप खड्का र अनमोल केसीको भने यस वर्षको फिल्ममा केहि उतार चढावहरु आए अनमोलले अभिनय गरेको ए मेरो हजुर ४ ले लगानी सुरक्षित गर्दा उनले नै अभिनय गरेको अर्को फिल्म छड्के २ ले दर्शक तान्न सकेन । २०७९ मा अभिनेता प्रदीप खड्काका २ फिल्म प्रेम गीत र प्रकाश प्रदर्शनमा आएका थिए । यि दुवै फिल्मले सोचेजस्तो लगानी भने उठाउन सकेनन् । आखिर यस वर्षको सर्वोकृष्ट अभिनेता अवार्डको वास्तविक हकदार को होला त? यस्का लागि जुलाई २२ पर्खनु पर्दछ ।
अमेरिककाको टेक्सासमा २०२३ जुलाई २२ मा हुने नेफ्टा अवार्डको आयोजक युएस खबर , फेम नेपाल ,र आर्यन फिल्म्स रहेका छन् ।
प्रतिक्रिया