अमेरिकाको टेक्सस स्थित ड्यालस क्षेत्रमा गत अक्टोबर २० का दिन राती आएको आँधिबेरीका कारण त्यहाँको जनजीवन कस्टकर बनेको छ । राती ९ ३० बजे आएको आँधिबेरीका कारण ठुला भवनहरु भत्कनुका साथै रुख र विजुलीका पोलहरु समेत ढलेपछि ठुलो संख्यामा रहेका त्यहाँका वासिन्दाको जीवन त्रासदी र कष्टकर बनेको हो ।

रातको समयमा आएको यस भिषण आँधीका कारण भवनहरु भत्कनुका साथै रुख र विजुलीका पोलहरु ढलेपछि अहिले सो क्षेत्रमा बिद्युत अवरुद्ध भै अन्धकार भएको छ भने बालबालिकामा समेत ठुलो त्रासदी सृजना भएको छ । बिद्यालयका भवनहरु समेत भत्कदाँ पठन पाठननै रोक्नुपर्नु अवस्था आएको स्थानिय संचारमाध्यमले जनाएका छन् । यति बेला ड्यालसको १ लाख ग्राहकका घरमा विजुली अवरुद्ध भएको छ भने फोर्ट वर्थ क्षेत्रमा निकै क्षति भएको हुन् सक्ने अनुमान छ । ठुलो संख्यामा मानिसहरु घाईते हुनेगरि आएको यस प्राकृतीक प्रकोपमा परि घरभित्रै पनि मानिसहरु फँसेको हुनसक्ने आशंकामा आज विहान पनि प्रहरीहरु प्रभावित क्षेत्रका घर घर मा गएर मानिसहरुको खोजी गरि रहेका छन् ।

नेपालीहरुको घना वस्तीमा भएको टेक्सस ड्यालसमा आँधीबेरी(टोरनेडो)बाट नेपाली समुदायहरु पनि प्रभावित हुन् सक्ने भएकाले सबैले सतर्कता अपनाउनु पर्ने देखिन्छ ।

Comments

comments