एघारौं संस्करणको नेफ्टा फिल्म अवार्ड २०७९ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ । आइतबार होटल सोल्टीमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथित्यतामा कार्यकम सम्पन्न भएको हो । आयोजित समारोहमा ४२ बिधामा मनोनयन फिल्म तथा फिल्मकर्मीलाई प्रमाणपत्र प्रदान गरियो ।
२०७९ को उत्कृष्ट पाँच अभिनेत्रीमा अरुणा कार्की ‘फुलबारी’ बाट, स्वस्तिमा खड्का, ‘चिसो मान्छे’, मेनुका प्रधान, ‘पानी फोटो’, सृष्टि श्रेष्ठ, ‘द सेके्रट्स अफ राधा’, मिरुना मगर, फिल्म ‘कबड्डी ४’, लाई मनोनयन गरिएको हो ।
फिल्मको सफलतासँगै आम दर्शकको मनमा बस्न सफल अभिनेत्री हुन् अरुणा कार्की, उनले अभिनय गरेका हरेक फिल्म दर्शकको रोजाइमा पर्छन् । २०७९ सालमा प्रदर्शनमा आएका र उनले अभिनय गरेका फिल्म मध्ये ‘फुलबारी’ बाट उनी उत्कृष्ट अभिनेत्रीको मनोनयन सुचीमा समेत पर्न सफल भइन् । त्यस्तै अर्की अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गरेको फिल्म ‘चिसो मान्छे’ बाट उनी पनि उत्कृष्ट पाँचमा परेकी छन् । त्यस्तै टुकी आर्ट्स र मञ्जुश्री फिल्म्सले निर्माण गरेको पानीफाटोमा खगेन्द्र लामिछानकोे लेखन साथै रोजिना सिटौला र रवीन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गरेको फिल्म पानीफोटोबाट मेनुका प्रधान उत्कृष्टमा परेकी छन् । त्यस्तै सृष्टि श्रेष्ठ, ‘द सिके्रट्स अफ राधा’, र मिरुना मगर, फिल्म ‘कबड्डी ४’, बाट मनोनयनको सुचीमा परेका छन् । नेपाली परिवेशमा एक गर्भवती महिलाले श्रीमान्को पर्खाइमा भोग्नु परेको सङ्घर्ष चलचित्रमा देखाइएको छ । फिल्म ‘द सेके्रट्स अफ राधा’ बाट सृष्टि श्रेष्ठको अभिनयलाई दर्शकले रुचाए पनि फिल्मले भने व्यवसायिक रुपमा त्यति राम्रो सफलता हात पार्न सकेन ।
यस वर्षको सर्वोकृष्ट अभिनेत्री अवार्डको घोषणा भने जुलाई २२ मा हुने छ । अमेरिककाको टेक्सासमा २०२३ जुलाई २२ मा हुने नेफ्टा अवार्डको आयोजक युएस खबर , फेम नेपाल ,र आर्यन फिल्म्स रहेका छन् ।
प्रतिक्रिया