सुष्मा देवकोटा

सोमबार बिहान ललितपुरको कुसुन्ती स्थित नेपाल स्नेही काखमा हामी पुग्दा शान्त अनुहारमा ओजिलो मुस्कान भएकी श्रीनेहा पोखरेल संस्थाकै लोगो अंकित सेतो टिसर्ट र कालो क्वाटर पेन्टमा कुर्चिमा बसेर बात मारिरहेकी थिईन् । उनको सामुन्ने थिए एनआरएनए अमेरिकाका बोर्ड अफ डारेक्टर तिलक केसी, उनकी श्रीमती सुनिता र छोरा अतिस र उनिहरुका २ जना आफन्त । मेरो साथमा रत्न राज्य क्याम्पसमा पत्रकारिता पढिरहेकी मेरी साथी मुन्नु श्रेष्ठ संगै थिईन् । तिलक सर संग मुन्नुको परिचय गराएपछि हामीले एक पटक श्रीनेहा संगै सबैसंग परिचय गरेउँ ।

स्कुल जाने बच्चाहरु श्री नेहालाई छोड्न नमानेर रोहिरहेका थिए मामु मामु भन्दै । उनि फकाईरहिथिन् बच्चाहरुलाई संगै हाम्रा आँखाहरुसंग आफ्ना शान्ता आँखा मिसाएर एक एक बच्चाको बदमासी सुनाईरहिथिन् उहि ओजिलो गम्भिर मुस्कानका जसरी अरु आमाहरु सुनाउँछन् आफ्ना अवोध नानीहरुका बालशुलभ कृयाकलाप ।

श्रीनेहालाई हामी सबैले प्रत्यक्ष रुपमा पहिलो पटक भेटेका हौं । उनि हार्दिक भएर आफ्नो पारिवारिक अवस्था सुनाईरहिथिन् हामीलाई । आफ्ना बच्चाहरु, बिरामी परिवारका सदस्य उनिहरुको सुरुको अवस्था र आजको अवोध ज्ञानीपन सुनाउँदा तिकल सरकी अर्धाङगीनी सुनिता भाउजुका आँखाहरु धेरै पटक रसाए । कथा जस्तो लाग्ने जीन्दगी स्नेही काखमा अनेकौं अप्ठेराका बाबजुद पनि खिलखीलाईरहेको थियो । मेरी साथी मुन्नु बसन्तपुरबाट उद्धार गरिएकी भवानी प्याकुरेललाई पनि भेट्न गएकी हुन् जसलाई उनी बसन्तपुरको पेटीमा धेरै पटक भेट्न जान्थिन् खाना, लुगा र आफ्नो पकेट खर्चबाट बचेको पैसा बोकेर एक्लै । स्नेही काखले भवानी दिदीको रेस्क्यु गरेपछि पनि उनले भवानी दिदी बस्ने त्यो पेटीलाई संधै सम्झीरहेकी हुन्छिन् । त्यसैले मुन्नु ३ वटा कामका लागि जोडिएकी थिईन् । एक स्नेही काखका बारेमा उनको पुरानो चासो, २, भवानी दिदी र ३, तिलक सर संग चिनजान ।

तिलक सर, भाउजु सुनिता र छोरा अतिससंग स्नेही काख पुगेका रुकु भाउजु र अनिल दाई पनि सामाजिक भावले नै जोडिनु भएको थियो । भाउजुले बच्चाहरुलाई ल्याईदिएको चक्लेटले केही बच्चा फुलिए केही आमाको काखबाट छुट्न नमान्दा नमान्दै रुँदै स्कुल गए । श्रीनेहाले केही ह्रदय बिदारक प्रशंगहरु सुनाईन् जसले म आफैंपनि भावुक भएँ । एकदिन खरमा चामल सकिएछ ४२ जनाको परिवारमा सकिएको चामलले श्रीनेहा बिछिप्द बनिन् । केही उपाए नलाग्ने देखेपछि उनले त्यहि चामलमा धेरै पानी हालेर जाउलो बनाएर खुवाईछन् त्यो राती । एक विहानै कसैले ढोका ढक्ढकाएको सुनियो । सुन्नमा ढिला भयो सायद उनले ढोका खोल्दा मान्छे थिएन तर एक बोरा चामल थियो । त्यो चामल कसले छोडेर गयो उनलाई आज सम्म थाहा छैन । उनले भनिन् जसले छोडेको भएपनि उहाँमा मैले आजपनि भगवानको रुप देख्छु ।

अर्को प्रशंग दशैंको टिकाको दिनको दशैं आयो उनकी आमाले पनि बाटो हेरिरहिन् तर श्रीनेहा अव कहाँ त्यो जन्मेको कोखको मात्र अधिकार बनिन् र उनि आफैं ४२ जना बिरामी सन्तानकी आमाको दाहित्व काँधमा बोकेर हिँडेकी यात्री । उनका सबै बच्चाहरुले भनिरहे मामु दशैंमा नयाँ लुगा नलगाई त टिका नलगाउने । उनलाई मामु र आमा भन्नेहरु उनि भन्दा दोब्बर उमेरका छन् प्राय । कस्तो अकल्पनिय परिवार एउटी युवती अनुहारभरि मुजा परेका र केस फुल्न सुरु गरेकाहरुकी मम्मी भएकी छन् । उनि हरेक छोरीहरुलाई छोरा भन्दै बोलाउँदी रहिछिन् । उनिहरु अझैं पूर्ण रुपमा निको भएका छैनन्, हरेकमा सानो केटाकेटी हर्कत छ, मामु म गीत गाउँछु, मामु म नाच्छु, मामु मलाई लेख्न आउँछ आदि ईत्यादी । यिनै संवादसंग बित्छ श्रीनेहाको दिन । दशैं भन्दा अघि उनको दाईको बिहे भएको थियो जसमा उनि सहभागी पनि हुन पाईनन् राम्रो संग । बेहुलाकी बहिनी भएर ढाँटिएर सहभागी हुनुभन्दा पनि उनि आफुले कमाएका सन्तानले मासु खान पाउने लोभमा जन्मघर पुगेकी थिईन् त्यो बेला पनि ।

दशैंमा आफ्ना बच्चाहरुलाई नयाँ लुगा दिन नपाएर उदास श्रीनेहालाई भाउजुले गृहप्रवेश गर्नेवेला नन्दका नाममा आउने पैसाले ठुलो काम पर्यो । उनको भागमा परेको पैसा छ भन्ने थाहा पाएपछि घर पुगेर पैसा ल्याएर उनि असनको फुतपाथमा लुगा किन्न गईन् । सबैलाई एक एक जोर नयाँ लुगा ल्याएपछि बल्ल उनको मन रमायो । दशैंको टिका लगाईदिंदै आर्शिवाद दिईन् उनले । उनकी आमाको सुनको बाला थाहैं नदिई बेचेर स्नेही काखका सन्तानको छाक टारेकी छन्, घाउ र पिपले ढाकिएका महिलाहरुलाई उनका हातहरुले स्नेहपूर्वक मुसारेका छन्, एचआईभी पिडित गर्भवतीको सन्तान स्वस्थ जन्मियोस् भनेर कयौं पटक भगवानलाई हात जोडेकी छन् । उनि रातभरी जागा बस्छीन् बिहान जव दुनिया जाग्छ बल्ल झकाउँछन् एक छिनलाई श्रीनेहाका आँखाहरु ।

करिव एक घण्टा यि र यस्तै प्रशंग सुन्दा सुन्दै हामीले स्नेहि हातको चिया पिएउँ । जस्ताले बारेका टहरा भित्र उनका उमेर कटेर पनि अपरिपक्क मनस्थितीका छोरीहरु थिए । आँगनमा साना नानीहरु खेलिरहेका थिए । हामी टहराभित्र पसेउँ । हामीलाई देख्नासाथ सबैले नमस्ते गरे । तिलक सर र भाउजु सुनिताले जाडोमा लगाउने न्यानो टोपीहरु लग्नु भएको थियो । उनिहरुले रंग छानी छानी आफुलाई मन पर्ने टोपीहरु लिए, नाचे गीत सुनाए, लेख्न जानेकी मध्य एकजना सबैको टोपीको रंग हेर्दै मेरो टोपी खैरो छ, मेरो पिंक कलरको भन्दै लेख्दै साथीहरुलाई दिदै थिईन् । उनिहरुलाई कसरी यो अवस्था सम्म ल्याईन् होला श्रीनेहा र उनका सहयोगीहरुले ? सोच्दा उनि स्वयं भगवान् प्रतित हुन्छ ।

तिलक केसीको परिवार अमेरिकाको मेलवाकीमा बस्दै आएको छ । केही महिना अघि तिलक र सुनिताले आफ्नौं २५ औं बैबाहिक बर्षगाँठ मनाएका थिए । त्यहि दिन सुनिताले तिलकसंग मागेको उपहार थियो स्नेही काखलाई सहयोग । एनआरएनए विश्व सम्मेलनका लागि तिलक केसी नेपाल आउँदा सुनीता र छोरा अतिस पनि संगै आएका थिए । छोरी अन्तिमालाई पनि नेपाल आउने र स्नेही काखसम्म पुग्ने रहर थियो तर उनि आउन पाईनन् यो पटक । सामाजिक भावना बोकेको यो परिवार कसैलाई गरेको सहयोगको प्रचार नगर्ने पक्षमा रहेछ । यद्यपी स्नेही काखसंग लामो समयदेखी जोडिनु भएका नौलो आवाजका सञ्चारकर्मी मित्र प्रविण दाहाल पनि मेरो अनुरोधमा त्यहाँ पुगेको र म र मुन्नु स्वयं अमेरिकाबाट संचालित यूएस खबरसंग जोडिएकाले केसी परिवार हाम्रो कलम र आवाजसंग जोडिन पुगे आज । तिलक सर र सुनिता भाउनुले नेपाल स्नेही काखलाई न्यानो टोपीका साथमा रु १ लाख सहयोग गर्नुभयो । सहयोगको रकम उल्लेख गर्नु हुन्न भन्ने मान्यता यि दम्पतीको मात्र होईन छोरा अतिस र छोरी अन्तिमाको पनि रहेछ ।

कम बोल्ने स्वभावकी सुनिता भाउजुका आँखा भावनाको बहावले धेरै पटक रसाए । अमेरिकामा रहेका सिंगो नेपालीको समस्या सुन्न निर्वाचित तिलक केसी स्वयले लुकाईरहेथे आँसुहरु तर उनको अनुहार आँखा बोलिरहेथ्यो उनि भित्रको पिडा । जसलाई श्रीनेहा र हामीले पनि देख्यौं ।

 सुनिता भाउजु , म र मुन्नुको काखमा साना नानीहरु चिने झैं गरि टाँसिएका थिए । जसका फोहोर फ्याक्ने ठाउँमा भेटिएको सुन्दर वालक भविश्य पनि थियो । भविश्य अहिले १५ महिनाको भएछ । उनिसंगै १० जना बच्चाहरु छन् । स्कुल पठाउने उमेर भएकाहरु स्कुल जान्छन् । श्रीनेहाले बच्चाहरुको स्कुलको शुल्क समेत तिर्न नसकेको, टहरामा ठाउँ नपुगेको, पानी पसेर राती बिजोग भएको, बिरामीको उपचारको खर्च नहुँदाको सास्ती, आफ्नो पिप र घाउ आफैंले चुसेर खाने सम्मका मानसिक असन्तुलीत अनुहारका बारेमा बताउँदा ति अनुहार र साना नानीहरुको उज्जल भविश्यको कामना गर्दै करिव २ घण्टा नेपाल स्नेही काखमा बिताएर फर्किएउँ हामी ।

Comments

comments