चर्चित गायक तथा मोडेल दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । अपराध महाशाखाको टोलीले मंगलबार थापालाई पक्राउ गरेको पुष्टि गरेको छ ।

देउसी भैलोको गीत बिगारेर सामाजिक सहिष्णुता बिगारेको आरोपमा थापालाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिएका छन् ।

तिहार लक्षित गरी दुर्गेशले गाएको ‘तिहार गीत’लाई लिएर जिल्ला प्रशासन कार्यलाय काठमाडौंमा उजुरी परेको थियो । महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेसँगै उनलाई पक्राउ गरेको हो ।

दुर्गेशले सार्वजनिक गरेको ‘ह्याप्पी तिहार, चिसो वियर’मा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने जस्ता शब्द प्रयोग भएका छन् । उक्त गीत हटाउनुपर्ने माग गर्दै जिल्ला प्रशासनमा उजुरी परेको छ । केही अगाडि सार्वजनिक गीतले छिट्टै लोकप्रियता हासिल गरेपछि यसका केही शब्दहरुलाई लिएर आलोचनात्मक प्रतिक्रियाहरु आएका छन् ।

Comments

comments