आलोपालो प्रधानमन्त्रीलाई लिएर नेकपाका दुई अध्यक्षको दुरी बढेको आशंका भइरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच कुनै विवाद नरहेको बताएका छन् ।

पाँचथरमा कार्यक्रम प्रशिक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टी एकता गर्ने भएका समझदारीहरु कार्यान्वयनका क्रममा रहेको बताएका छन् ।

उनले अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार कुराकानी भएको सुनाउदै एउटा समझदारीमा फेरि अगाडि जाने संकल्प गरेका छौं होहल्ला र प्रचारको भ्रममा नपर्न आग्रह गरेका हुन् ।

Comments

comments