“आमा” – सुचित्रा श्रेष्ठ

38

सधै जलाई आफूलाई उज्यालो दिने तिमी
अर्धचेत भै सम्हाल्छौ आफ्नो सन्तान निन्द्रामापनि
अलि बिरामी महसुस गरे सुत्नै सक्दिनौ तिमी
पीर र सुर्ताले अङालोमा चेपी ममताले छोप्छौ
दु:ख,पीडा भुली सबै मातृत्व जगाउछौ
आत्मैदेखिको मायाले सन्सार छोप्ने तिमी
छैन कुनै सम्बन्ध र साइनो तिमी भन्दा माथि
सन्तानले कहिकतै गर्यो कि अपमान बरु
तिम्रा भावनाहरु नबुझी स्वार्थी भयो कि बरु
बुझ्दैनन आमा बुझेनन तिम्रा कण्ठमा दबेको आवाज
सन्सारी मायामा भुलेका हरुले सुनेनन तिम्रा आवाज
कसौंडीको पकवान एकलै खान सक्दैनौ तिमी
कतै यो कि त्यो भोकै छ भनी अघाउन सक्दैनौ तिमी
खोकिलामा लुकाई लुकाई खानेकुरा खुवाउने तिमी
आफ्नै पीर चै आशु बनाई सप्कोले पुस्छयौ
त्यै आशु लुकाई मुस्कानमा बदल्छौ
आत्मैदेखिको मायाले सन्सार छोप्ने आमा तिमी
छैन कुनै सम्बन्ध र साइनो तिमी भन्दा माथी
ऐया मात्र भने सन्तानले आफ्नै मुटु दुख्छ
मलिन अनुहारले तिम्रो आखा रसाउछ
यहि शब्द आमा सन्सारलाई बिर्साउछ
आइपर्ने बिपदमा मातृबात्सल्यताले जोगाउछ
लुकाई तिम्रै काखमा सधैराख भनौ जस्तो
किन होला शब्द नै आमा सधै यस्तो
न स्वार्थ छ न कुनै लेन्देन अभाव दवाब सबैमा मात्र छ माया
डराउछिन जैले नि पर्लाकी सन्तानमा नराम्रो छायां
उनै हुन मेरी आमा सन्सारको सबै भन्दा माथी
आत्मैदेखिको मायाले सन्सार छोप्ने तिमी मेरी आमा
छैन कुनै सम्बन्ध र साइनो तिमि भन्दा माथी
सृष्टि तिमी,जननी तिमि,आमा मेरी आमा सबै भन्दा माथि…

Comments

comments