बमकाण्डको आरोपमा १२ वर्षपछि पक्राउ परेका रौतहट-२ का सासंद तथा पूर्वमन्त्री मोहमद आफताव आलमले प्रहरी अनुसन्धानका क्रममा पोलिग्राफ टेस्ट गर्न मानेका छैनन् ।

रौतहट बम काण्डमा मुछिएका सांसद आलमले घटना नै नघटेको दाबी गरे पछि जिल्ला प्रहरी कार्यालयका डीएसपी नवीन कार्कीले अनुसन्धानका क्रममा आलमले झुठ बोले नबोलेको पत्ता लगाउन पोलिग्राफ टेस्ट गर्ने तयारी गरेको बेला उनले अस्विकार गरेको बताएका छन्।

सोधपुछ तथा अनुसन्धानका क्रममा आरोपित व्यक्तिले झुठ बोले नबोलेको पता लगाउन पोलिग्राफमार्फत शारीरिक प्रतिक्रिया परीक्षण गर्ने गरिन्छ ।

Comments

comments