चर्चित र्यापर तथा गायक मिस्टर आर जे र बल्लु बिसीको गीत ‘नैना’ सार्वजनिक भएको छ । टुरिष्ट जंग बिकको शब्द संगीतमा रहेको यो गीत भिडियो सहति सार्वजनिक भएको हो ।
केशव बाबुको संगीत संयोजन रहेको डान्सिङ बिटमा रहेको ‘नैना’ गीतमा युवा उमेरको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ ।
बिक्रम चौहानको निर्देशनमा निर्माण भएको भिडियोमा नायक सविन श्रेष्ठ र मोडल ज्योति शाह संकरको अभिनय रहेको छ ।
अर्जुन तिवारी टिमले छायांकन गरेको नैनाको भिडियोलाई मिलन बिश्वकर्माले सम्पादन गरेका हुन् ।
यति यति पानी, पिचरोड, भुण्टी, नौटंकी माया, बनारसको साडी लगायतका दर्जनौं हिट गीतमा शब्द, संगीत तथा र्याप प्रस्तुत गरेका मिस्टर आरजेको संगीतमा नयाँ गीत भुरभुर पुतली पनि सार्वजनिकको तयारीमा रहेको छ ।
प्रतिक्रिया