अमेरिकाको ईन्डियाना राज्यस्थित एक घरमा घाँटीमा सर्प बेरिएर एक महिलाको मृत्यु भएको छ । ईन्डियानास्थित बेटल ग्राउन्ड निवासी ३६ बर्षीय लाउरा हर्स्ट नामक ति महिलाको ८ फिट लम्बाईको पाईथन सर्प घाँटीमा बेरिँदा मृत्यु भएको हो ।

सर्प गृह बनाएर पालिएका १४० वटा सर्प मध्यको एक सर्प घाँटिमा कस्सिएको अवस्थामा उनि मृत फेला परेकी थिईन् । बेन्टोन काउन्टीमा कार्यरत प्रहरीको सो घरमा पालिएका सर्पहरु मध्य मृतक लाउरा २० वटा सर्पको मालिकका रुपमा रहेकी थिईन् ।

सर्प पालिएको सो घरमा कोही पनि नबस्ने हुँदा यसका मालिकहरु बेला बखतमा सर्प हेर्न जाने गरेका थिए । सोही क्रममा लाउरा पनि हप्ताको २ पटक सर्प हेर्न जाने गरेकी थिईन् । उनि सर्प हेर्नकै लागि यस पटक पनि सरिसृप गृह पुगेको हुन सक्ने अनुमान गरिएको छ । यद्यपी उनको शरिर पोष्ट मार्टममा लागि राखिएकाले मृत्युको कारण सर्प बेरिएर मात्र भएको हो या अन्य केही कारण छ सार्वजनिक भै सकेको छैन ।

इण्डियाना अधिकारीहरूले “सरी सृष्टिक घर” भनेर बताएको यस घरमा मृत भेटिएकी उनका सर्पसंग बसेर खिचेका केही तस्विरहरु पनि सामाजक संजाल मार्फत सार्वजनिक हुँदै आएको थियो ।

 

 

Comments

comments