US Khabar

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि तीन दिन छलफल हुने

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि तीन दिन छलफल हुने

राष्ट्रियसभामा सरकारको नीति तथा कार्यक्रममाथि तीन दिन छलफल हुने भएको छ । बिहीबार बसेको राष्ट्रियसभा कार्यव्यवस्था समितिको बैठकले तीन छलफल गर्ने प्रधानमन्त्रीले जेठ ९ गते जवाफ दिने निर्णय भएको हो ।

सरकारले शुक्रबार नीति तथा कार्यक्रम पेश गर्दैछ । नीति तथा कार्यक्रम माथि जेठ ७,८ र ९ गते छलफलपछि ९ गते नै प्रधानमन्त्रीबाट जवाफ दिने कार्यक्रम रहेको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाका प्रेस सल्लाहकार  दुर्गा उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!