वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी श्रीमतीलाई कोरोना संक्रमण भएको छ । हाल अमेरिकाको मेरिल्याण्डमा रहँदै आएका गायक महत र उनकी श्रीमती कविता केसी महतलाई कोरोना संक्रमण पुष्टी भएको हो ।
गायक महतले सामाजिक संजाल फेसबुक मार्फत आफु र आफ्नी श्रीमतीलाई कोरोना संक्रमण भएको कुरा सार्वजनिक गरेका हुन् । उनले लेखेका छन् ‘समुदाय का सम्पुर्ण दिदीबैनी दाजुभाई तथा ईष्टमित्रहरू मा हार्दिक अपिल ।यदि हामिले समयमै सतर्कता अपनाएनौ भने बिश्वमहामारी कोरोनाले हमि कसैलाई पनि अछुतो बनाऊने वाला छैन । ध्यान राख्दा राख्दै दुर्भाग्यबस हाम्रो श्रीमान श्रीमति पनि यसबाट बंच्न सकेनौ । हामि अहिले आफ्नै घरको एक एक कोठामा आईसोलेसनमा छोरा डा. सरगम महतको निरिक्षण र निगरानीमा बसेका छौं।
यदि हाम्रो परिवार बाहेक यस्तो समस्या कसैमा देखिएको छ भने कृपया कत्तिपनि शर्मनमानिकन यो रोगलाई गोप्य नराखी समुदायलाई सु-सुचित हुने मौका दिनु हुनेछ भन्ने पुर्ण बिश्वासका साथ हजुरहरूमा हार्दिक अनुरोध गर्दछु।ईमान्दारिताले गर्दा देश,समुदाय , स्वास्थ्यकर्मि र बिश्वस्वास्थ्य संगठन प्रति नै सहयोग पुग्नजानेछ। जय पशुपतिनाथ।’
मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महा-वाणिज्यदूत महतले बताए अनुसार अहिले उनि आफ्नै घरको एउटा-एउटा कोठामा आइसोलेशनमा बसेका छन् ।
प्रतिक्रिया