US Khabar

प्रधानमन्त्रीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर म्याच फिक्सिङ जस्तो भएको सांसद झाको टिप्पणी

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

प्रधानमन्त्रीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर म्याच फिक्सिङ जस्तो भएको सांसद झाको टिप्पणी

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रधानमन्त्रीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर म्याच फिक्सिङ गरिएको खेल जस्तो भएको टिप्पणी गरेका छन् ।
बिहीवार प्रतिनिधिसभाको बैठक पछि सञ्चारकर्मीसँग उनले आफ्नो पार्टीबाट राखिएको प्रश्नको उत्तर नआएको भन्दै पूर्व निर्धारित प्रश्नहरु पठाएर पर्याप्त गृहकार्यहरु गरेर आएर दिएको जवाफ रोचक नभएको बताए ।

उनले भने‘ म्याच फिक्सिङ भयो पूर्व निर्धारित प्रश्नहरु पठाएर पर्याप्त गृहकार्यहरु गरेर आएर दिएको जवाफ त्यति रोचक हुँदैन् । भ्रष्टाचार सम्बन्धि प्रश्नमा हाम्रो पार्टीको सांसद शिशिरले प्रश्न हेलिकप्टरको पैसा कसले तिर्छ चुनावको बेला प्रयोग गरिएको को ? आचार संहिता मिचेकोमा कसले सजाय पाउँछ ?भन्ने प्रश्नको उत्तर आएन । यस्तो पश्नहरुको उत्तर दिने आँट छैन् ,यो म्याचफिक्सिङ गरिएको खेल यो जस्तो लाग्यो । ’

उनले यो प्रश्नोत्तरको अभ्यास हुनु राम्रो कुरा भएता पनि यसको अभ्यास सुधार्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!