नेकपा एमालेका नेता योगेश भट्टराईले प्रतिनिधिसभामा आजको प्रश्नोत्तर कर्मकाण्डी जस्तो भएको टिप्पणी गरेका छन् ।
विहीबार बसेको प्रतिनिधि सभाको बैठक पश्चात सञ्चारकर्मीसंग उनले आजको प्रश्नोत्तर तैंले सोधे जस्तो गर मैले भने जस्तो गर्छु भन्ने शैलीको भएको बताए ।
उनले भने ‘ यो कर्मकाण्डी जस्तो भयो । प्रधानमन्त्रीले केही तथ्यहरु सहि लिएर आउनु भयो केही गलत तथ्यहरु लिएर आउनु भयो । उहाँले आफ्नो कर्मकाण्डी कामलाई पूरा गर्नु भयो ।
सांसदहरुले उठाएको प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको जवाफ प्रष्ट नभएको भट्टराईले बताए । उनले शरणार्थी प्रकरणबारे मिडियामा आएका विभिन्न मानिसहरुलाई जोगाउने र वयान फेर्ने विषयमा मात्र प्रधानमन्त्रीले छुट्टै जवाफ दिनु पर्ने तर त्यसो नभएको बताए ।
प्रतिक्रिया