US Khabar

स्वास्थ्यमा सुधार आएपछि शरणार्थी प्रकरणका तथ्यहरू संसदमा राख्छु : अध्यक्ष ओली

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

स्वास्थ्यमा सुधार आएपछि शरणार्थी प्रकरणका तथ्यहरू संसदमा राख्छु : अध्यक्ष ओली

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले प्रतिकूल स्वास्थ्य अवस्थाका कारण बिहीवारको संसद् बैठकमा सहभागी हुन नसकेको जानकारी गराएका छन् ।
अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिकूल स्वास्थ्य अवस्थाका कारण संसद् बैठकमा सहभागी हुन नसकेको भन्दै स्वास्थ्यमा सुधार आए लगतै नक्कली शरणार्थी प्रकरणबारे आफूले थाहा पाएका तथ्यहरू संसदमा राख्ने बताए ।
उनले लेखेका छन् ‘प्रतिकूल स्वास्थ्य अवस्थाका कारण आज म संसद्को बैठकमा सहभागी हुन सकिन । नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूले थाहा पाएका तथ्यहरु संसद् समक्ष राख्ने मैले यस अघि वताएको थिएँ । स्वास्थ्यमा सुधार आएपछि त्यस विषयमा संसदमाबोल्ने नै छु ।’
उनले देशको भविष्यलाई नै प्रभावित पार्ने कतिपय प्रश्नको उत्तर मात्र दिएर नपुग्ने भन्दै जनतालाई अनुभूति हुने गरी परिणाम दिनु पर्ने बताए ।
‘देशको भविष्यलाई नै प्रभावित पार्ने कतिपय प्रश्नको उत्तर मात्र दिएर पुग्दैन, जनतालाई अनुभूति हुने गरी परिणाम दिनु पर्छ ।’
सांसद्हरुले संसदमा प्रश्न गर्दा प्रत्येक नागरिकले त्यसलाई आफ्नो प्रश्न ठान्न सकोस् र प्रधानमन्त्रीले दिएको उत्तरमा विश्वास र भरोसा गर्न सकेमा हरेक नागरिकले संसदमा आफैं भएको महसुस गर्न पाउने उनको भनाइ छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!