US Khabar

दाङमा सवारी दुर्घटनामा हुँदा एकको मृत्यु, ११ को अवस्था गम्भीर

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

दाङमा सवारी दुर्घटनामा हुँदा एकको मृत्यु, ११ को अवस्था गम्भीर

दाङमा भएको सवारी दुर्घटनामा परी एक जनाको मुत्यु भएको छ । दाङको देउखुरीमा शुक्रबार बिहान दुई बस एक आपसमा ठोक्किँदा एक जनाको मुत्यु भएएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमका अनुसार रोल्पा रुन्टीगढी– ७ निवासी ४३ वर्षीया  सोभा परियारको घटनास्थलमा नै मृत्यु भएको हो । सो दुर्घटनामा परी दर्जन भन्दा बढी घाइते हुन पुगेका छन् ।

लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका–३ फल्कापुरमा बिहान एक आपसमा ठोक्किएर सो दुर्घटना भएको हो ।

भालुवाङतर्फ जाँदै गरेका बसका चालक तुल्सीराम रामिजाल गम्भीर घाइते हुन पुगेका छन । दुई दर्जनभन्दा बढी घाइते भएको प्रहरीले  जनाएको छ । जसमा ११ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई थप उपचारका लागि नेपालगञ्जलगायतका स्थानमा पठाइएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!