US Khabar

संसद् भवन जाँदा तामझाम नगर्न राष्ट्रपतिको निर्देशन

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

संसद् भवन जाँदा तामझाम नगर्न राष्ट्रपतिको निर्देशन

राष्ट्रपति रामचन्द्र पौडेल शुक्रवार (आज) सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् जाँदै छन् । संघीय संसदका दुवै सदनलाई संबोधन गर्न जाने क्रममा नागरिकलाई सास्ती हुनेगरी ‘तामझाम’को तयारी नगर्न राष्ट्रपति पौडेलले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरलेका अनुसार सडक अवरोध हुने र नागरिकले सास्ती पाउने गरी तयारी नगर्न सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।

उनले विगतमा अन्य समयमा जस्तै सामान्य रुपमा संसद् गएर फर्कने भएकाले सडक अवरोध हुने र नागरिकले सास्ति पाउनेगरी तयारी नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!