US Khabar

मेलिना र प्रतापको ‘यो खुसीको पल’मा विजय र सुमी

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

मेलिना र प्रतापको ‘यो खुसीको पल’मा विजय र सुमी

गायिका मेलिना राई र गायक प्रताप दासको स्वरमा तयार ‘यो खुसीको पल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

अमेरिकामा रहेका गीतकार बुद्धिमान थापाको शब्द सृजना रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ । गीतमा नरेन्द्र वियोगीको एरेन्ज छ । रमाइलोशैलीको प्रेम र रोमान्सले भरिएको गीतले एक जोडीको सुखद र रोमान्टिक प्रेम कथालाई देखाएको छ ।

ख्याल ख्यालैमा माया बसेको दृश्यमा मोडलद्वय विजय पुन र सुमी श्रेष्ठ गज्जबले खुलेका छन् । भिडियोमा गीतकार थापा स्वयं र जमुना मगरको पनि अभिनय छ । भिडियोको निर्देशन निर्देशक केशवराज भट्टले गरेका हुन् ।

जसमा प्रकाश खड्काको छायांकन तथा बन्दे पाण्डेको सम्पादन रहेको छ । गायक थापाले यसअघि सिधा मन, यो जुनीमा, भएन रे, डोलीमा , लगायत १ दर्जन बढी गीत बजारमा ल्याएका छन् । भुटनिज क्रियटिभ टिम इन नेब्रस्काको सहयोगमा तयार भिडियो इन्टरटेनमेन्ट संसार नामक युट्युबबाट बजारमा आएको हो ।

भिडियाे लिंक : https://youtu.be/8AnwrjtqLdg

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!