US Khabar

अनेरास्ववियुको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक जारी

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

अनेरास्ववियुको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक जारी

नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा नेपालको शिक्षा प्रणाली र शैक्षिक गुणस्तर तथा विद्यार्थी राजनीतिको बारेमा छलफल जारी छ ।

तीन दिन सम्म चल्ने बैठकको दोस्रो दिन बैठकमा हिजो बिहीबार पेश भएको सांगठनिक,राजनीतिक तथा आर्थिक प्रतिवेदन माथि प्राथमिकताका साथ छलफल भैरहेको कोषाध्यक्ष संगम अर्यालले जानकारी दिएका छन् ।

हिजो पेश भएको सांगठनिक, आर्थिक र राजनीतिक प्रतिवेदनमाथि आज छलफल जारी रहेको भन्दै अर्यालले छलफलबाट आगामी दिनमा अनेरास्ववियुको कार्यदिशा निर्धारण गर्ने उल्लेख गरे ।

उनले आजको छलफल रुाजनीतिक आर्थिक प्रतिवेदनसंगै विद्यार्थी राजनीति र शैक्षिक गुणस्तर बढाउनेमा केन्द्रित रहेको बताए ।
उनले भने,‘केन्द्रीय कमिटीको बैठकबाट अबको विद्यार्थी राजनीति कस्तो हुने, कस्ता मुद्दाहरु उठाउने तथा अबको शैक्षिक क्षेत्र समग्र शिक्षालय,विश्वविद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गरेर विश्व स्तरमा प्रतिष्पर्धी विद्यार्थी उत्पादन गर्न सक्ने विषयमा मुख्य गरि छलफल केन्द्रित रहनेछ ।’

बिहीबारबाट सुरु भएको अनेरास्ववियुको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक शनिबार सम्म चल्ने छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!