US Khabar

टीआरसी विधेयकमाथि छलफल गर्न ११ सदस्यीय उपसमिति गठन

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

टीआरसी विधेयकमाथि छलफल गर्न ११ सदस्यीय उपसमिति गठन

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल गर्न मानवअधिकार समितिले उपसमिति बनाएको छ ।

शुक्रबार बसेको बैठकले ११ सदस्यीय उपसमिति बनाएको हो । जसमा कांग्रेस र एमालेका दुई-दुई जना छन् भने अरु ८ दलका एकएक जना छन् ।
उपसमितिमा सुवासचन्द्र नेम्वाङ, महेश बर्तौला, रेमश लेखक, जीवन परियार, सुशील थिङ, सन्तोष परियार, गोमा लाभ सापकोटा, पूर्णबहादुर घर्ती, रञ्जुकुमारी झा ,ध्रुवबहादुर प्रधान र शेरबहादुर कुँवर रहेका छन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक सरकारले २५ फागुन २०७९ मा संसद दर्ता गरेको थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!