पुरुषलाई खतरा- सम्बन्धमा रहेका ५० प्रतिशत महिलाले अर्को पुरुष ‘ब्याकप’ राख्छन्

17

काठमाडौं : नेपालमा अहिले अतिरिक्त सम्बन्ध राख्ने महिलाहरुको संख्या बढ्दै गएको छ । महिलाहरु पुरुष संग सम्बन्धमा रहे पनि ५० प्रतिशत महिलाले छुट्टिनुअघि नै ब्याकमा अर्का साथी तयार पार्ने गरेको एउटा अध्ययनले देखाएको छ ।

तत्कालको सम्बन्ध टुटे पनि त्यसपछिका लागि त्यसरी पुरुष साथी तयार पार्ने गरेको अध्ययनले जनाएको छ । यो दोस्रो योजना अन्तर्गत उनीहरुले दिमागमा राख्ने गरेको पनि दाबी गरिएको छ । बिहे गरेका महिलाले त्यसरी अतिरिक्त पुरुषसँगको सम्बन्ध पनि कायम राख्ने गरेको अध्ययनको नतिजा छ ।

तर त्यसरी ब्याकपमा बस्ने पुरुष कस्ता हुन्छन् ? अध्ययनको तथ्यांकअनुसार त्यस्ता पुरुष पुराना साथी धेरै हुने गरेको पाइएको छ । जोसँग सम्बन्धित महिलाको नजिकको भावनात्मक सम्बन्ध पनि हुन्छ । यो सँगै पूर्वप्रेमी, पूर्वपति पनि हुन सक्छन् । सहकर्मी वा महिलाका मर्निङ वाल्क, सपिङ्ग मल, रेस्टुरेण्ट, सामाजिक संजाल साथिभाइको संगको जमघट तथा जीम सेन्टरलगायतमा भेटिएका साथी पनि हुन सक्छन् ।

अध्ययन अनुसार १२ प्रतिशत भन्दा बढी महिलाले हालको सम्बन्धमा रहेका पतिभन्दा पनि अतिरिक्त सम्बन्धका लागि तयार भएका व्यक्तिले उनीहरुको भावना राम्रोसँग बुझेका छन् । कतिपय महिलाले चाहिँ आफ्ना ब्याकप पार्टनर आफ्नै पतिका साथी समेत भएको उल्लेख गरेका छन् । यो अध्ययनको नतिजाले केहीलाई अचम्मित बनाउन सक्छ ।’

एउटा भनाई छ– घाँस जहिल्यै हरियो हुँदैन । यो आजको महिलाका लागि उपयोगी भनाई होइन । घरवारको समयमा जे पनि हुन सक्ने सम्भावना भएकाले आजका महिलाले अतिरिक्त योजनामा अर्का पुरुष राखेका हुन सक्छन् । फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जाल अर्को योजनामा रहेका मानिससँग सम्पर्कमा रहन सरल माध्यम हुन् ।

Comments

comments