US Khabar

शरणार्थी प्रकरणले देशलाई अन्तर्राष्ट्रिय बदनाम गरेको सांसद दाहालको टिप्पणी

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

शरणार्थी प्रकरणले देशलाई अन्तर्राष्ट्रिय बदनाम गरेको सांसद दाहालको टिप्पणी

राष्ट्रिय सभा सदस्य नारायण प्रसाद दाहालले शरणार्थी प्रकरणले देशलाई अन्तर्राष्ट्रिय स्तरको बदनाम गरेको टिप्पणी गरेका छन् ।
शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा उनले नक्कली भुटानी शरणार्थी प्रकरण भ्रष्टचार मात्र नभई देशद्रोहीको कार्य भएको र यसले अन्तराष्ट्रिय तथा कुटनीतिक क्षेत्रमा नयाँ चुनौती थपिएको बताए ।

उनले भने ‘नक्कली भुटानी शरणार्थी प्रकरण भ्रष्टाचार मात्र नभई देशद्रोही मानव वेचविखन प्रकृतिको अपराध हो । यसले गर्दा सिङगो देशको राजनीति क्षेत्र न्यायिक,प्रशासनीक,सरक्षा निकाय, अन्तराष्ट्रिय तथा कुटनीतिक क्षेत्र तरङगित मात्र हैन सबैमा नयाँ चुनौती थपिएको अनुभुति भएको छ । सरकारको नेतृत्वमा रहेका नेताहरु उच्च ओहोदाको कर्मचारी नै यस अपराधमा संलग्न भएको कुराले देश नै स्तब्ध जस्तो भएको छ ।’

उनले यस्तो कार्यमा दोषि कोही पनि नछुटोस भन्ने कुरामा सरकार प्रष्ट हुनुपर्ने बताए । यस्ता खालको अपराधहरु नियन्त्रण गर्न सबै राजनीतिक दलअरु एक ढिक्का भएर अगाडी बढ्नु पर्ने उनको भनाई छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!