US Khabar
  • काठमाडौंको गोंगबुमा टाउको काटिएको अवस्थामा शव फेला – ३ सय मिटर पर भेटियो खुट्टा र टाउको

    - Admin | २ महिना पहिले प्रकाशित

    काठमाडौंको गोंगबुमा टाउको काटिएको अवस्थामा शव फेला – ३ सय मिटर पर भेटियो खुट्टा र टाउको

    काठमाडौंको गोंगबुमा टाउको काटिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । गोंगबुस्थित गणेशस्थानमा अन्दाजी ४०–४५ वर्षको उमेरका पुरुषको शव फेला परेको हो ।

    सुटकेसभित्र भेटिएको शवको टाउको मुनिको भागमात्र गणेस्थानमा फेला परेको थियो भने, टाउको र पैतलाको भाग तीन सय मिटर पर सामाकोसी निस्कने भित्री बाटोमा फेला परेको थियो ।

    तालिमप्राप्त कुकुर सहित यस घटनाको अनुसन्धानमा सुरु गरिएको र प्रारम्भिक अनुसन्धानका क्रममा नजिकैको डान्सबारमा कार्यरत युवतीहरु प्नि पक्राउ गरिएको घटना स्थल नजिक बसोबार गर्नेहरुले बताएका छन् ।

    यद्यपी अनुसन्धानबारे बिस्तृत बिबरण आई सकेको छैन । रातीको समयमा नै हत्या गरिएको हुन सक्ने यस शव  लोक गायक आयुस परियारको कोट तथा कपडा पसलको सटर अगाडी भेटिएको सो शवका बारेमा उनले पनि बोलेका छन् । उनका अनुसार सुटकेसबाट रगत बगिरहेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">