US Khabar

आगामी बजेटमा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश प्राथमिकतामा राखिने

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

आगामी बजेटमा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश प्राथमिकतामा राखिने

सरकारले आगामी आर्थिक वर्षको बजेटमा मानव सूचाकांकमा पछि परेका मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलाई प्राथमिकतामा राख्ने भएको छ ।

सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको विकासका लागि आगामी बजेटमा प्राथमिकतामा राखिने जानकारी दिएका हुन् ।

वित्त क्षेत्रको लगानीलाई उत्पादनको क्षेत्रमा खर्च गरिने जानकारी दिएका उनले लघुवित्तको प्रभावकारितालाई ध्यानमा राखिने जानकारी दिए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!