US Khabar

कोहलपुर अस्पतालमा मृत्यु भएका पुरुषको कोरोना पुष्टी – मृतकको संख्या ७९ पुग्यो

- Admin | २ वर्ष पहिले प्रकाशित

कोहलपुर अस्पतालमा मृत्यु भएका पुरुषको कोरोना पुष्टी – मृतकको संख्या ७९ पुग्यो

कोराना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ७९ पुगेको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइरहेका अछाम चौरपाटी ५ का ५० वर्षका पुरुषको मृत्यु भएसंगै अव नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको हो ।

स्वस्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका उनको आइतबार साँझ ७स्३० बजे मृत्यु भएको थियो । मृत्यु पश्चात भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा उनको सोमबार कोरोना रिपोर्ट पोजिटिभ आएको हो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!