US Khabar

थप चार जनामा कोरोना संक्रमण पुष्टि

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

थप चार जनामा कोरोना संक्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७६८ वटा स्वाब नमुनाको परीक्षण गर्दा चार जनामा संक्रमण देखिएको हो।

यो अवधिमा देशभर १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ७० छ ।

अहिले तीन कोरोना संक्रमित अस्पतालमा उपचाररत छन् । तीमध्ये एक आईसीयू र एक जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!